हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ वैशाख १० गते हुँदै

काठमाडौं, ६ वैशाख – पहिलोपटक नेपालमा आयोजना गरिएको हल्ट प्राइजको काठमाडौं इम्प्याक्ट समिट यही वैशाख १० गते शुरु हुने भएको छ। दुई दिनसम्म चल्ने यस कार्यक्रममा फुड फर गुड थिममा आधारित रहेर व्यावसायिक विचारको प्रतिस्पर्धा हुनेछ।

हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले हल्ट इन्टरनेशनल विजनेश स्कुल, क्लिन्टन ग्लोबल इनिसिएटिभ, संयुक्त राष्ट्रसंघ र एडुकेसन फर्स्टसँगको सहकार्य आयोजना गर्ने यस कार्यक्रममा दिगो विकासको लक्ष्यलाई दृष्टिगत गर्दै विद्यार्थीमा सोसल च्यालेन्ज थिन्किङबारे प्रस्ट्याई एउटा विषय घोषणा गरिने आयोजनाले जानकारी दिएको छ। जसमा रहेर विद्यार्थीहरुले आफ्नो व्यवसायको रुप देखाई १ मिलियन डलरको लागि प्रस्तुति दिने गर्छन्।

हल्ट प्राइज चार वटा चराण पुरा गरी सम्पन्न हुने गर्छ। कार्यक्रमको सुरुवात अनक्याम्पसबाट सुरु हुन्छ। जसमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीहरुले तीनदेखि चार जनाको समूह बनाइ प्रतिस्पर्धा गर्छन्। हरेक अनक्याम्पसको बिजेताले इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने गर्छन्।

जुन विश्वका करिब ५० वटा शहरमा हुने गर्छ। इम्प्याक्टको बिजेताले एसिलियटरमा प्रतिस्पर्धा गर्नेछन्। जुन दुई चरणमा हुन्छ। पहिलो एसिलिएटर भर्चुअल हुने गर्छ। अर्को चाँहि विश्व प्रसिद्ध चलिचत्र ह्यारी पोट्टरको निर्देशन भएको महल एस्ड्रिज क्यासलमा हुन्छ।

हल्ट प्राइजको एसिलिएटरलाई विश्वकै उत्कृष्ट एसिलिएटर तथा इन्क्युबेसनको रुपमा लिने गरिन्छ। एसिलियटरबाट उत्कृष्ट ६ टिमको छनोट हुने गर्छ। जो संयुक्त राष्ट्र संघको मुख्याल्य न्यूयोर्कमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने गर्छन्।

सो फाइनलमा बिजेता हुने एक टिमले आफ्नो व्यवसायको स्तरबृद्धिको १ मिलियन अमेरिकी डलर बराबरको फन्डिङ प्राप्त गर्छन्। संसारकै सबैभन्दा ठूलो सामाजिक उद्यमशीलताको यस कार्यक्रममा विश्वका १ सय २१ भन्दा बढी मुलुकहरूबाट तीन हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता हुने गर्छ।

यसबाहेक हल्ट प्राइजले विद्यार्थीहरूलाई उद्यमशीलता, नेतृत्व विकास लगायत विभिन्न विषयमा निःशुल्क तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको छ। र, साथै उदाउँदै गरेको व्यवसायीहरूलाई लगानिकर्तासँग तालमेल गराइदिने गरेको छ।

नेपालमा हल्ट प्राइजको इतिहास पाँच वर्ष पुरानो रहेको छ। सन् २०१६ मा इन्जिनिरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले (आइओई) र काठमाडौं विश्वविद्यालयले भित्र्याएका थिए।

सो वर्षको काठमाडौं विश्वविद्यालयको अनक्याम्पस कार्यक्रम विश्वको उत्कृष्ट दश अनक्याम्पस कार्यक्रममा पर्न सफल भएको थियो। त्यसको एक वर्षपछि (सन् २०१७) स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविध्यालयको यस कार्यक्रममा प्रवेश भयो।

चौथो वर्षसम्म प्रवेश गर्दा हल्ट प्राइजको नेपालमा कुल १० वटा अनक्याम्पस कार्यक्रम भयो। सन् २०२०–२१ मा यो सङ्ख्या बढेर ६३ सम्म पुगेको छ।
यस वर्षको काठमाडौं इम्प्याक्ट समिट ललितपुरस्तिथ एआईटीएम कलेजमा एप्रिल २३ देखि २५ (२०७८ वैशाख १३ देखि १५) सम्म हुने भएको छ।

जसमा देशभरिबाट करिब ९० वटा अन्क्याम्पसका विजेता समूहले प्रतिसपर्धा गर्नेछन्। इम्प्याक्टको विजेता टोली लण्डनमा एसिलिएटर राउडमा छनोट हुनेछन्।
यसपालिको इम्प्याक्ट सममटको नेतृत्व हल्ट प्राइज नेपालका कम्यूनिटी बिल्डर सुसन डङ्गोलले गर्दैछन्।

टिममा जयकिशन पञ्जियार कोर्डिनेटर, महिमा पाण्डे स्पोन्सरशीप कोर्डिनेटर, कृतिक रावल मिडिया म्यानेजर, दीपक शाह जडेज कोअर्डिनेटर, अनिल पोखरेल टिम कोर्डिनेटर, रोहित अधिकारी सोसेल मिडिया म्यानेजर, अञ्जिल विश्वकर्मा ग्राफिक्स एण्ड भिडियो कोर्डिनेटर र सुशील बुढाथोकी एडभाइजर रहेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...