आज सार्वजनिक विदा

पोखरा, वैशाख ७ गते । चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । आज परेको चैते दशैंमा विदा दिने प्रदेश सरकारले निर्णय गरेको हो ।


चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । राजपत्र अनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनामल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७दिनबिदादिने अधिकार दिइएको हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...