अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा, बैशाख ११ गते । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ ।२०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ ।


हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ ।क्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन , मानविकी तथा कानून स.कायको अध्यापन हुँदै आएको छ ।

सोही क्रममा स्कुलले अहिले देशैभरि अन्तरक्रियात्मक नेपाल टुर कार्यक्रम गरिरहेको छ । शुक्रबार पोखरामा कार्यक्रम आयोजना गर्दै स्कुलका प्रतिनिधीले पछिल्लो समयको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिष्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका विद्यार्थीसँग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने धारणा राखे ।

झाले आईटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नया ट्रेन्ड आउने बताउदै समय परिवेश अनुसार आफुलाई तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम काठमाडौ वल्ड स्कुलका प्रिन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउँदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गरे । सन्तानको भविश्यकालागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

पोखराको कार्यक्रम अपेक्षित रुपमा सफल भएको ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले बताए । कार्यक्रमको सञ्चालन शैल्ताज कुँवरले गरेकी थिइन ।यो स्कुल नेपालमा शैक्षिक गुणस्तरका कारण विशिष्टकृत स्कुलका रुपमा परिचित छ ।

विद्यार्थीको राम्रो भविष्यका लागि अविभावकलाई छोराछोरी पठाउन काठमाडौ वल्ड स्कुलले आग्रह समेत गरेको छ । अन्तरक्रियात्मक कार्यक्रममा पोखराका शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । सो स्कुल सूर्यविनायक ७ गुण्डु, भक्तपुरमा रहेको छ ।
आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...