थोरै रकमले पनि उपलब्धि धेरै

पोखरा, वैशाख १२ गते ।गण्डकी प्रदेश अन्र्तगत कास्की क्षेत्र नम्बर ३ (क) मा यस बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा छनौट भएका २५ वटा योजना मध्य शनिबार एकै दीनमा १५ वटा योजनाको अवलोकन गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत छनौट भएका योजनाहरु मध्य अधिकांश योजनाहरु सकिएकोले शनिबार पोखराका ९ र कास्कीको माछापुच्छ«े गाउँपालिकाका ६ गरी १५ वटा योजनाको अनुगमन गरिएको प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) ले बताए ।

उक्त योजना सम्पन्न नभई रकम भुक्तानी गर्ने सिस्टम नहुदा उपभोक्ता समितिहरुलाई निकै मार पर्ने भएकोले आगामी बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सम्झौता भए पश्चात केही रकम दिने त्यस पछि कामको आधारमा भुक्तानी दिने सिस्टम लागु गर्नु पर्ने सांसद बरालको माग रहेको छ । आफुहरुले सोचे अनुरुपको स्थानियले उक्त रकम उच्चतम रुपमा प्रयोग गरेको सांसद बरालले जनाए । कान्वयनको प्रकृया सन्तोसजनक ढंगले काम भएको उनले बताए ।

प्रदेश सांसद डा.पुष्पा के.सी.भण्डारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत सम्पन्न भएका योजनाको अनुगमन भएको हो । सांसद डा. भण्डारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनतासंग जनप्रतिनिधिहरुको सम्बन्ध जोड्ने काम मात्र नभई जनाताको साना साना आवश्यकताहरु समेत पुरा भएको दाबी गरिन्।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बयन बहादुर क्षेत्रि अधिकारीले अवलोकनको क्रममा अधिकांश योजनाहरु राम्रो ढंगले भएको तर केही ठाँउमा प्राविधिक समस्या रहेको बताए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका योजनाहरु कान्वयन गर्ने जिम्मा स्थानिय तहलाई नै दिदा थप प्रभावकारी हुने उनको भनाई छ । पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले धेरै ठाँउमा योजनाहरु प्राविधिक रुपमा राम्रो ढंगले सम्पन्न भएको त केही ठाँउमा थप सुधार गर्नु परेकोले केही योजनामा आफुहरुले सुझाव दिएको बताए । उक्त योजना सम्पन्न भई अवलोकन पश्चात कार्यालयले रकम भुक्तानी गर्ने भएको उनले जनाए । एक लाख देखि ३२ करोड सम्मको योजनाको काम आफुहरुले कान्वयन गर्नु परेकोले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रदेशका योजनाहरु स्थानिय तहलाई नै जिम्मा दिदा थप प्रभावकारी हुने डिभिजन प्रमुख घिमिरेको भनार्ई थियो ।

पोखरा १९ को आचार्यथर खेल मैदान निर्माण समितिका अध्यक्ष केशव आचार्यले उक्त योजनाबाट खेलकुद क्षेत्रमा भएको लगानी दिगो हुने बताउदै बाँकी रहेको काम पुरा गर्न आवश्यक बजेटको जोहो गर्न माग समेत गरेका छन्। उक्त योजनाका लागि ९ लाख ५० हजारको बजेट विनियोजन भएको थियो । माछापुच्छ«े २ को च्याङलुङ पर्यटन मार्ग योजना उपभोक्ता समितिका अध्यक्ष निम्फल गुरुङले उक्त योजना अन्र्तगत ८ लाख ५० हजारको बजेटले आफुहरुलाई ठुलो राहत भएको बताए । ढलान बाटो निर्माणले यातयातमा सहज हुने उनको भनाई थियो । उपभोत्ता समितिका पदाधिकारीले थोरै रकमले पनि आफुहरुले ठुलो उपलब्धि हासिल गरेको दाबी गरेका छन्।

अनुगमन टोलीमा सांसद बराल, डा. भण्डारी सहित जिल्ला समन्वय समिति कास्कीका प्रमुख बयन बहादुर क्षेत्रि अधिकारी, सदस्य बिष्णु प्रसाद पौडेल, कास्की माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुुरुङ, पोखरा महानगरपालिकाका उप—मेयर मन्जुदेवि गुरुङ, पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरे, इन्जिनीयर प्रदीप पौडेल, सवइन्जिनियर कृष्ण भुषाल, सुब्बा कृष्ण प्रसाद पनेरु, सांसद डा. भण्डारीका स्वकिय सचिव भगवती केसी सम्बन्धित वडा अध्यक्ष एवं उपभोक्ता समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत कृषि, पर्यटन सहितका क्षेत्रमा समेटिने गरी २ करोड बजेटको लागि साना ठुला गरी २५ वटा योजना छनौट भएका थिए । शनिबार टोलीले पोखरा ३ को छन्त्याल समाजको खेल मैदान, पोखरा १ र ३ जोड्ने तुल्सीघाट पूर्वाधार एवं बाटो निर्माण योजना, पोखरा २ को पर्यटन पूर्वाधार होमस्टे प्रबेश मिरुवा रत्नमार्ग योजना, पोखरा १८ को जामुनवोट खेल मैदान, पोखरा १८ कै ढकालथर हुदै सराङकोट जाने बतास मार्ग निर्माण योजना, पोखरा १९ को गैरी शंकर शिवालय मन्दिर संरक्षण योजना, पोखरा १९ कै आचार्यथर खेल मैदान योजनाको अवलोकन गरेको थियो ।

त्यस्तै माछापुच्छ«े गाउँपालिका १ मा करुवा खोप केन्द्र तथा समाज भवन कम्पाउण्ड एवं सौचालय निर्माण योजना, माछापुच्छ«े २ को च्याङलुङ पर्यटन मार्ग योजना, माछापुच्छ«े ३ को खरीवोट भलावोट एवं वाइसधारा बाटो विस्तार योजना, माछापुच्छ«े ५ को चिसोपानी घोरखाली खोला नियन्त्रण योजना, माछापुच्छ«े ६ को भेडावारी सामुदायिक भवनमा फर्निचर तथा फर्निसिङ खरिद योजना, माछापुच्छ«े ६ कै सयचौकी कृष्ण गौडा नौडाँडा ग्रामिण कृषि सडक निर्माण योजनाको समेत अवलोकन गरेको हो । त्यस्तै निर्माणको अन्तिम चरणमा पुगेका पोखरा २५ को विश्वकर्मा बस्ती सडक तथा जैसी कुना डहरे देउराली मार्ग पुल निर्माण योजना, पोखरा १८ को विभूती पार्कमा जनयुद्ध जनआन्दोलनका शहिदहरुको शालिक पूर्वाधार निर्माण, माछापुच्छ«े १ कै उइदुवेशी सिंचाई योजना (मिर्सा)को समेत अवलोकन गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...