भिमकालीलाई दशक पछि सेभेन ए साईड फुटबलको उपाधि

पोखरा, बैशाख १३ गते । पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल भिमकाली क्बलले दशक पछि सेभेन ए साईड फुटबल प्रतियोगितामा उपाधि जितेको छ ।सत्य युवा क्लब बाँझापाटनले आयोजना गरेको ‘प्रथम बि–१३ खुला सेभेन ए साईड’ फुटबल प्रतियोगितामा संगम क्लबलाई हराउदै भिमकालीले उपाधि रक्षा गरेको हो ।

माछापोखरी खेलमैदानमा आईतबार भएको फाईनल खेलमा र भिमकालीले संगमलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुनरागमन गर्याे ।भीमकालीको जीतमा समीर कार्की, जोर्डन गुरुङ र अतिरिक्त गुरुङ सुमित श्रेष्ठले समान १÷१ गोलको योगदान दिए । भने संगमको तर्फबाट क्षितिज जिटीले सान्त्वना १ गोल फर्काएका थिए ।

उक्त खेलबाट भिमकालीका जोर्डन गुरुङ म्यान अफ द म्याच घोषित हुदै ५ हजार सहित पुरस्कृत बने ।प्रतियोगिताबाट च्याम्पियन बनेको भिमकालीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ३५ हजार प्राप्त गर्याे । भने उपविजेता बनेको संगमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८५ हजार हात पार्याे ।

सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा भिमकालीका समीर कार्की ट्रफी सहित नगद रु ७ हजारबाट पुरस्कृत बने । यसैगरी विधागत तर्फ उत्कृष्ट गोलरक्षकका रुपमा सोही क्लबकै करण गुरुङ, उत्कृष्ट डिफेण्डरका रुपमा भिमकालीकै कप्तान अञ्जन देवकोटा, उत्कृष्ट प्रशिक्षकका रुपमा सोही क्लबकै सुमन गुरुङ घोषित हुदै जनही ५ हजार प्राप्त गरे । भने उत्कृष्ट मिडफिल्डरका रुपमा संगमका टंक गुरुङ पुरस्कृत बने ।

भिमकाली क्लब ‘राईज अगेन’

‘प्रथम बि–१३ खुला सेभेन ए साईड’ फुटबल प्रतियोगिताको उपाधि जितेसँगै भिमकाली क्लबले पुनरागमन थालेको क्लबका सल्लाहकार प्रकाश गुरुङले बताए ।उनले पछिल्लो समय सामाजिक क्रियाकलापमा सक्रिय हुदै आएको बताउदै दशकपछि पोखराको सेभेन ए साईड फुटबलमा उपाधि जित्नुले खेल क्षेत्रमा पनि पुनरागमन गरेको सन्देश प्रवाह गरेको बताए । ‘हाम्रो क्लबले दशकपछि ईतिहासमा उपाधि रक्षा गरेको छ, गुरुङले भने, ‘पोखराको राम्रो क्लब संगमलाई पराजित गर्नु सहज थिएन । दश वर्ष पछि हारको स्वाद फिर्ता गरेका छौ हामी अत्यन्तै खुशी छौ । र आगामी दिनमा भिमकाली निरन्तर सामाजिक काम र खेलको विकासमा लाग्ने छौ ।’

उनले उक्त उपाधि राशिबाट खेलाडीहरुलाई चित्तबझ्दो राशि प्रदान गरेको बताउदै प्रशिक्षणको लागि पृथ्वीनारायण क्याम्पसको खेल मैदान समेत व्यवस्था गरेको बताए । ‘हाम्रो टिम फर्ममा छ । उनीहरुलाई निरन्तर प्रशिक्षणको लागि खेल मैदान व्यवस्था गरेर वातावरण मिलाएका छौ, उनले भने, ‘खेलको विकाससँगै सामाजिक काममा पनि भिमकाली अघि बढ्नेछ ।’विगत दश वर्ष अघि संगम क्लबले विजयपुर कपमा भिमकाली क्लबलाई फाईनलमा पराजित गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...