विवेकशील साझा पार्टीको पोखरा महानगर– ६, लेकसाइडमा वडा समिति घोषणा

विवेकशील साझा पार्टीले पोखरा महानगर ६, लेकसाइडमा वडा समिति घोषणा गरेको छ । आइतबार लेकसाइडमा आयोजित एक भेलाले वडा समितिको संयोजकमा चन्द्रप्रसाद पौडेललाई चयन गरेको छ । ट्रेकिङ्ग इक्युपमेन्ट सप एसोसिएन अर्थात् टेसा पोखराका पूर्व अध्यक्ष पौडेल बैदाम क्षेत्रका पुराना पर्यटन व्यवसायी हुन् ।

विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठको संयोजकत्वमा आयोजित भेलाले २४ सदस्यीय वडासमिति गठन गरेको छ जसको सदस्यहरूमा कुन्दन भट्टराई, दीपक भट्टराई, चेतन अधिकारी, यशोदा परियार, माया श्रेष्ठ, बिमला श्रेष्ठ, सुमन शर्मा, जितेन बोगटी, केबी लामा, उमेश श्रेष्ठ, नुमेस सिटौला, हुमादत्त रेग्मी, दामोदर पराजुली, प्रदीप खरेल, अभिनय उदास, बसन्त श्रेष्ठ, इनोक लामिछाने, सुशील भट्टराई, राजेश सुनुवार, कृष्ण पहारी, बिबि थापा, यमनारायण श्रेष्ठ र राजबहादुर खड्का रहेका छन् ।

कार्यक्रममा विविवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले पार्टी पिँधबाट बन्छ, टुप्पोबाट होइन भन्दै गाउँ गाउँमा बस्ती बस्तीमा वैकल्पिक राजनीतिको विचार सङ्गठन र अभियानमार्फत फैलाउने जिम्मेवारी युवाको काँधमा आएको बताए ।

सो अवसरमा पोखरा ६ वडा समिति संयोजक पौडेलले पार्टीले लिएको ‘उद्यमशीलतासहितको राजनीति’ भन्ने सिद्धान्तलाई पर्यटकीय क्षेत्र बैदामका हरेका व्यवसायी र मजदुरमाझ लैजाने प्रतिबद्धता व्यक्त गरे । नवघोषित वडा समितिको तर्फबाट मन्तव्य राख्दै नवघोषित वडा समिति सदस्य कुन्दन भट्टराईले पार्टीको युवामैत्री विचार, व्यवहार र अभियानले आँफू अकार्षित भएको बताए ।

कार्यक्रममा अतिथिको तर्फबाट मन्तव्य राख्दै पर्यटन व्यवसायी सन्तोष पोखरेलले विवेकशील साझा पार्टीको पार्टीको सिद्धान्तमात्रै होइन नेतृत्व पनि सही रहेको बताउँदै नवघोषित वडा समितिलाई शुभकामना दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ, नारायण खनाल, सुशीला केसी अधिकारी, रजनी केसी, पवित्रा थापा, कास्की संयोजक फणिन्द्र अधिकारी, कास्कीका पूर्व संयोजक एकराज न्यौपाने, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ्ग, पोखरा महानगर सहसंयोजक बिपना कुँवर, महानगर सदस्य युनिक पौडेल लगायतका नेताहरुले नवघोषित कार्यसमितिलाई शुभकामना सन्देश दिएका थिए ।पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले महानगरका अन्य वडामा पनि सङ्गठन निर्माणको तयारी गरिएको जानकारी दिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...