अपाङ्घता भएका व्यक्तिलाई कुखुराका चल्ला वितरण

गण्डकी, वैशाख १३ गते । अपाङ्घता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा विउ पुँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ ।नेपाल अपाङ्घ समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलो पटक अति बिपन्न एवम् असक्त १५ परिवारलाई कूल ३०० वटा चल्ला वितरण गरिएको हो ।


सामाजिक विकास मन्त्रालयको रु.एक लाख ६० हजार आर्थिक सहयोगमा खुकुराको खोर सुधार, दाना सहित प्रत्येक परिवारलाई २०।२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा संघका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त (बाग्दास) ले जानकारी दिनुभयो ।विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपाङ्घगता भएका व्यक्तिलाई आर्यआर्जन गरि स्वरोजगार बनाउँदै समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय सङकल्पलाई पुरा गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिंदै उहाँले यस क्षेत्रमा कष्टकर जीवन विताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपाङ्गता भएका व्यक्तिलाई विउ पुँजी अन्तर्गत कुखुराका चल्ला वितरण गर्दै विउ पुँजीको संरक्षण गर्दै थप आयआर्ज गर्दै जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका संयोजक बोधराज कार्कीले सपाङ्गता भएका व्यक्तिले अपाङ्घता भएकालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिंदै समाजका अशक्त व्यक्तिका लागि गर्न सहभागिलाई अनुरोध गर्नुभयो ।कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङ लगायतले समाजमा अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...