पोखरा महानगरले हाईफ्लो अक्सिज सहितको ५० बेड तयार गर्ने

पोखरा, बैशाख १५ गते । पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा हाईफ्लोे(तीव्र गतिको) अक्सिजन ग्याँस पाइप सहितको ५० बेड तयार गर्ने भएको छ । पोखरा महानगरपालिका कोरोना संंक्रमण रोकथाम मुल समितिको बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती वार्डमा हाईफ्लो अक्सिजन पाइप सहितका ५० बेड तयार गर्ने निर्णय भएको छ पोखरा महानगरपालिका सुचना अधिकारी भरतराज पौडेलले भन्नुभयो, कोरोना संक्रमितलाई उपचारमा सहजहोस भन्ने उद्देश्यले महानगरले आफनै खर्चमा बेड तयार पार्न लागेको हो । पछिल्लो समय कोरोना भाइरसको संंक्रमण बढेपछि अस्पतालमा विरामीलाई बेड र अक्सिनजनको अभाव हुन थालेको छ ।

अस्पतालमा देखिएको अक्सिजन र बेड अभावलाई महानगरपालिकाको निर्णयले केही सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका वडा नम्वर ५स्थित कृषि तालिम केन्द्र र वडा नम्वर ३३ मा रहेको महिला सुरक्षा घरलाई आइसोलेसनलाई तत्काल पूर्ण संख्यामा प्रयोग गर्न सक्ने गरि व्यवस्थापन तथा स्वास्थकर्मी र कर्मचारीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 

कोरोना संक्रमण रोकथाम मुल समितिका संंयोजक महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले महानगरपालिकामा संचालन हुने तालिम, गोष्ठि, सेमिनार जस्ता कार्यक्रम स्थगित गर्ने, महानगरले सञ्चालन गदै आएको कोभिड परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । त्यस्तै कोभिड संक्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने पोखरा ३२ नम्वर वडाको स्थान भरिदै गएकाले शव व्यवस्थापन गर्न चाहने मृतकका आफन्तले ब्यक्तिगत सुरक्षाको अवलम्वन गरी शवदाह गर्ने सक्ने प्रवन्ध गर्न आवश्यक पहल गर्ने निर्णय भएकोे समितिका सदस्यसचिव किरण कोइरालाले जानकारी दिनुभयो । पोखरा महानगरपालिका एम्वुलेन्स तथा शव वाहनलाई चालु हालतमा राख्ने र अन्य संघसंस्थाका एम्वुलेन्स समेत महानगरले सञ्चाल गर्ने र चालक उलपब्ध गराउने निर्णय समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...