सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा, बैशाख १५ गते । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गरेका हुन् । जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै सदनको कारबाही रोक्न माग गदै निवेदन परेको छ ।

तत्कालै सभामुखले सुचना निकालेर बैठक स्थगित गरेका हुन् । दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अराोप एमालेले लगाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...