उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ सार्वजनिक (भिडियो सहित

पोखरा । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । आज युट्युवमार्फत सार्वजनिक गरिएको हो ।केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायीका सरस्वती बताउँछिन् ।

यो गीत श्रोताले रुचाएमा छिट्ट समयसापेक्ष गीत लिएर आउने उनको प्रतिवद्धता छ । उनी पोखरामा नर्सिङ पेशामा आवद्ध छिन् । गायन क्षेत्रमा नवोदित भएपनि सामाजिक अभियन्ताको रुपमा पोखरामा समाज सेवामा लागिरहेकी छिन् । त्यस्तै अर्का गायक उज्ज्वल भने नेपालको लोकसंगित क्षेत्रमा परिचित नाम हो ।

गीतको शब्द उज्ज्वलकै रहेको छभने यसमा लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन्भने यसको सम्पादन विष्णु शर्माले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन प्रकाश भट्टको रहेको छ ।समूह गायनमा शर्मिला अर्याल, संगिता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिएका छन् । त्यसैगरि म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबि रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनिष खड्का र नेपाली चार्लीको अभिनय रहेको छ ।अहिलेको परिवेशमा यो गीत दर्शकले रुचाउनेमा गायक गायिका विश्वस्त छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...