कोरोना महामारी र निषेधाज्ञाका कारण पोखरा स्पोर्टस अवार्ड वितरण स्थगित

पोखरा,बैशाख १६ गते ।पाँचौ पोखरा स्पोर्टस अवार्ड वितरण पूर्वनिर्धारित मितिमा नहुने भएको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टसहितको संक्रमण तीव्र गतिमा फैलिएको जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख १५ देखि २१ गतेसम्म कास्की जिल्लाभरि निषेधाज्ञा जारी गदै कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेपछि पोखरा स्पोर्टस अवार्ड वितरण पूर्वनिधारित मितिमा नहुने भएको हो । खेलकुद पत्रकार मञ्च गण्डकीको बिहिबार विहान बसेको आकस्मिक बैठकले बैशाख २० गतेका लागि निर्धारित पोखरा स्पोर्टस अवार्ड वितरण कार्यक्रम स्थागित गर्ने निर्णय गरेको हो ।

अवार्डको उत्कृष्ट तीनको मनोनयन समेत सार्वजनिक गरी अन्तिम तयारीमा जुटिरहँदा कोभिड–१९ को चेन ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर निषेधाज्ञा जारी ग¥यो ।गण्डकी प्रदेश राजधानी पोखरामै निषेधाज्ञा जारी गरिएपछि पूर्व निर्धारित अवार्ड समारोह आयोजना गर्न तत्कालका लागि विषम परिस्थिति सिर्जना हुन गयो । तसर्थ मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षमा बसेको आकस्मिक २४ औं बैठकले उपयुक्त समय मिलाएर पछि वितरण गरिने गरी सो अवार्ड समारोह स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डको पूर्व निर्धारित पाँचौ पोखरा स्पोर्टस् अवार्ड गत वर्ष पनि लकडाउन÷निषेधाज्ञाका कारण १ वर्ष पछि धकेलियो । पछिल्लो समय कोरोना महामारी प्रभाव कम हुँदै जाँदा मञ्च सो अवार्ड सफलतापूर्वक सम्पन्न गर्ने दिशामा अघि बढ्दै जाँदा विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अवसर पारेर २०७८ वैशाख २० मा पोखरा सभागृहमा अघिल्लो वर्ष २०७६ समेत समेट्ने गरी पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ तय भएको थियो ।

मञ्चले ७ विधामा अवार्ड वितरण तयारीलाई अन्तिम चरणमा पुगेको जनाएको छ । विगतमा झैं लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिने गरी यसबाट खेलाडी, पत्रकार, खेलसम्बद्ध संघसंस्था, प्रायोजक, सहयोगी, शुभचिन्तक लगायतमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थीसहित सधैँं झैं सहयोगको अपेक्षा गर्दछौं मञ्चका महासचिव विजय नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै मञ्चले कोरोना भाइरस फैलिरहँदा आममानिसको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भएको छ । जनतालाई सुसूचित गर्ने राज्यको चौथो अंग पत्रकारिता पनि कोरोना महामारीको प्रभावबाट अछूतो छैन । यस विषमपूर्ण अवस्थामा सम्पूर्ण खेल पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित साथ सञ्चारकर्ममा लाग्न र सम्पूर्ण मिडिया हाउसलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सुरक्षितरुपमा पत्रकारलाई काम गर्ने वातावरण मिलाउन मञ्चले आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...