कोरोनाबाट बच्न सबै उत्तरदायी बन्नुपर्छ

अधिवक्ता न्हुछेनारायण श्रेष्ठ

छिमेकी मुलुक चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भएको कोभिड १९ अर्थात कोरोना रोगका कारण हजारौ मानिसहरुले आफ्नो अमूल्य सम्पति जीवन गुमाईसकेका छन् । नेपालमा कोभिड १९ रोगका संक्रमणको पुष्टि माघ १० गते भएको थियो । कोरोनाको महामारीका कारण सबै क्षेत्र प्रभावित बन्यो र विश्वकै आर्थिक स्थिति कमजोर बनाएको थियो । फेरी कोरोनाको दोस्रो लहरले विश्व पुनः आतंकित हुनपुगेको छ । संसारभरी कोरोना संक्रमितको आंकडा करिब १५ करोड पार भैसकेको र यी मध्ये करिब पन्ध्र करोड भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । उता छिमेकी राष्ट्र भारतमा इनिडयन भेरियन्ट संसारको १७ देशमा फैलिसकेको जनाएको छ । विशव स्वास्थ्य संगठनका अनुसार संसारभरी पछिल्लो हप्ता कोरोनाका ५७ लाख संक्रमित भेटिएको जनाएको छ । इन्डियन स्ट्रेन वा द्य।ज्ञ। टज्ञठ भेरियन्ट (डबल म्यूटेशन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमितको संख्या बढीरहेको छ । ध्ज्इ ले यसलाई भेरियन्ट अफ इन्टरेस्ट घोषित गरेको छ । भारतमा तीब्र दरमा बढीरहेको कोरोनाका कारण दिनहुं लाखौंको संख्यामा संक्रमित थपिंदै गएका छने भने त्यस्को प्रतयक्ष असर नेपालमा समेत पर्न थालेको देखिएको छ । नेपालमा पनि संक्रमितको दर र मृत्युदर बढढै गईरहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले गरेको प्रेश रिलिज बाट थाहा पाउन सकिन्छ । सो रोगबाट बच्नका लागि नेपालका प्रमुख सहरहरुमा स्थानीय सरकारले निषेधाज्ञा जारी गरीसकेको छ ।
यो रोग अहिले एशिया लगायतका अन्य महादेशहरुमा समेत तिब्र गतिमा फैलिरहेको र दिनहुं सो रोगका नयां संक्रमितहरु पmेला परिरहेका छन् तर यस्को धेरै किसिमका औषधिहरु भ्याक्सीनहरु आएता पनि सबै नागरिकहरुले भ्याक्सीन लगाउन पाएका छैनन् । भ्याक्सीन लगाएकाहरुले समेत यो रोग बाट बच्न माक्स अनिवार्य लगाउनु पर्ने र साबुन पानी वा स्यानीटाइजरले नियमित हात मुख धुनुपर्ने आवश्यकता रहेको देखिन्छ । कोरोना रोग फैलिन नदिन र संक्रमण हुन नदिनका लागि सुरक्षाका उपाय अवलम्बन गर्नुनै मुख्य औषधी हुनसक्छ । यो रोग रोकथामका लागि घरमै बस्ने, अन्य व्यक्तिबाट करीब २ मिटर दुरी कायम गर्ने र पूर्व सावधानीलाई अपनाउने बाहेकको कुनै विकल्प देखिंदैन् । नेपालमा दिनहुं थप संक्रमित देखिएपछि रोग नियन्त्रणका लागि सरकारमाथि थप चुनौती थपिएको छ । बिशेषगरी नेपालमा कोभिड १९ का संक्रमितहरु नेपाल बाहिरबाट आएकाहरु बाट सरेको देखिएको हुंदा आगामी दिनहरुमा थप सर्तकता, व्यक्तिगत सुरक्षा, सीमा नाकाहरुमा कडाई, लकडाउनलाई अझ कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।
विश्वभरी फैलिएको कोभिड १९ नियन्त्रण गर्नका लागि नेपाल सरकारले निर्णय गरेको लकडाउनमा थप कडाई गर्दै लैजाने, स्थानीय तहबाट अर्को स्थानीय तह र एक प्रदेशबाट अर्को प्रदेश आवागमनमा पूर्णतः निषेध गर्ने जस्ता कार्यहरु नेपाल सरकारले समयमै गर्नुपर्ने देखिन्छ । यसको पालना हामी सबैले गर्नुपर्दछ र कोभिड १९ नियन्त्रणको उपायलाई सबैले कार्यान्वयन गर्दैजानुपर्दछ ।
नेपाल सरकारले सातवटै प्रदेश, जिल्ला स्थानीय तहहरुमा भेटिएका संक्रमितहरुको परीक्षणका लागि परीक्षणको दायरा फराकिलो बनाउंदै जानुपर्ने आवश्यकता रहेको देखिन्छ । नेपाल सरकारले विभिन्न अस्पतालहरुमा उपचाररत रहेको कोभिड १९ का संक्रमितहरु को उपचारको लागि द्रुत मार्ग अपनाई संविधान प्रदत्त मौलीक हकको समेत पालना गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । अहिले नेपाल सरकारले आंशिक रुपमा लकडाउन गरी आम नागरिकहरुको जीउज्यानको शान्तिसुरक्षा गर्ने गहन जिम्मेवारी लिएको छ । भोली विकराल रुप लिंदै गएपछि पुरै लकडाउन गर्नु भन्दा लकडाउनको मोडालिटी समयमै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु पर्दछ । अहिलेको अवस्था भनेको सम्पूर्ण नेपालीहरुको ज्यान जोगाउन प्रयास गर्नु नै सरकारको पहिलो प्रमुख प्राथमिकता हुनुपर्दछ । नेपाल सरकारले चाहेर यो आंशीक लकडाउन गरेको होईन् यो कुरा सबैले बुझ्नु जरुरी रहेको छ । विश्वका अन्य देशहरुले समयमै रोग नियन्त्रणका लागि पहल नचालींदा भएका दर्दनाक दृष्यहरु तपाईं हामीहरुले अहिले देखि नै रहेका छौं । बिशेषगरी इटाली, फ्रान्स, स्पेनले समयमै रोग नियन्त्रणका उपाय नगरेको र हेलचेक्र्याई गरेका कारण लाखौं व्यक्तिले त्यहां ज्यान गुमाईएको प्रमाण हामीले देखेकै छौं । तयस्तो हविगत बाट बच्न पनि लकडाउनको आवश्यकता रहेको देखिन्छ । कोभिड १९ ले कुनै धर्म, वर्ण, लिङ्ग, जातजाती र राष्ट्र छुट्याउंदैेन भन्ने उदाहरण हामीले देखि, भोगीसकेका छौं । नेपाल जस्तो गरिब मुलुकले अहिले कोभिड १९ संग संघर्ष गरिरहेको छ । हाम्रो समाजभित्र कोरोना भाइरसको प्रकोप देखिएसंगै अनेक्रन दुष्प्रचारहरु भएका थिए , जसले गर्दा हाम्रो समाज र आम नागरिकहरु त्रसित बनेका थिए ।
अहिले नेपाल सरकारले कोभिड १९ रोकथाम र नियन्त्रणको कार्य, कदमलाई सकारात्मक रुपमा लिनु उपयुक्त हुने देखिन्छ । कोरोनाका कारण अहिले दैनिक मजदुरी गरी खाने श्रमिकहरु सर्वसाधारणहरु मर्कामा परेका छन् । त्यस्तै गरी नेपालमा विभिन्न भिसाबाट आएका पर्यटकहरुलाई उनीहरुकै देशमा फर्काउने कार्य, सीमाहरुमा कडाई तथा बिदेशबाट आएकाहरुलाई सरकारले निर्माण गरेको क्वारेन्टाईनमा अनिवार्य रुपमा १४ दिन सम्म बस्नुपर्ने नियमलाई पालना गर्नुपर्ने देखिन्छ । रोगसंग लड्नका लागि जतिसुकै समय पनि नागरिकहरुले कुर्न सक्दछन, अहिलेको अवस्थामा धैर्य, साहस र आपसी सहयोग र सद्भावको आवश्यकता रहेको अवश्य पनि हो । सरकारले लकडाउनको अवधि बढाएर रोग नियन्त्रण हुन्छ भने सबैले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । सरकार एक्लैको प्रयासबाट मात्रै यो रोग नियन्त्रण हुनसक्दैन यो कुरा सबैलाई थाहा भएकैले पनि आगामी दिनमा समेत सरकारलाई सहयोग गर्नु हामी आम नागरिकहरुको कतृव्य हो । यदी सरकारले लकडाउन नगर्ने हो भने यहांको अवस्था भयावह नहोला, नआउला भन्नसकिंदैन् । यस्को पूर्व तयारीका लागि समेत हामी तयारी अवस्थामा जुट्नु पर्दछ । यो लकडाउन आफैको लागि हो, घरमै बसी दिनहुं पटक पटक साबुन पानीले हात धुने, दूरी कायम राख्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग आफू गर्ने र परिवारलाई पनि गर्न लगाउने कार्य गर्नुका साथै, घर बाट अत्यावश्यक काम बाहेक सकेसम्म बाहिर ननिस्कने, नेपाल सरकारले दिएको निदेृशानुसार अगाडी बढ्नु हामी सबेको कर्तव्य पनि हो । अहिले आम नागरिहरुले सरकारको साथ र समर्थन दिईरहेका छन् । आफ्नो स्वास्थ्य भन्दा ठुलो केही हुनसक्दैन् । हामी नेपालीहरु संयमित हुनु आवश्यक छ । यो समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई स्थानिय स्तरबाटै कडा कानुनी कारवाही गर्ने समय आएको छ । आम नागरिकहरुको गुनासाहरु सुन्न, कोभिड १९ का बारेमा जानकारी, सचेतना जगाउन स्थानीय स्तरसम्मका जनप्रतिनिधिहरु लाग्नुपर्ने देखिन्छ । हुन त कतिपय स्थान्ीिय निकायहरुले क्वारेन्टाईन समेत निर्माण गरेको समाचारहरु आइरहेका छन् । अहिलेको अवस्थामा रोगका बारे अनर्गल प्रचार गर्ने मिडियाहरुप्रति हामी सचेत हुनु आवश्यक रहेको छ । कसैको लहै लहैमा, भनेको, सुनेको आधारमा होईन सरकारको आधिकारिक धारणामा विश्वास राख्नुपर्ने आवश्यक रहेको छ । गलत र पित पत्रकारिका गर्ने छुट कसैलाई हुनुहुंदैन् सरकारले त्यस्तालाई समयमै नियन्त्रण गर्नुपर्दछ र त्यस्तैगरी खाद्यान्न, औषधि लगायतका अतिआवश्यक पर्ने चिजहरुको आयात र वितरणलाई पारदर्शी बनाउनुपर्ने आवश्यक देखिन्छ । दुर्गम तथा पहाडी जिल्लाहरुमा औषधि अभाव भएका समाचारहरु आएका छन् तिनको समाधान तिर सरकार लाग्नुपर्दछ । दोश्रो चरणको भेरियन्ट का संक्रमितहरु नेपालमा भेटिसकेको अवस्थामा नेपाल सरकारले रोग नियन्त्रण र नागरिकहरुको सुरक्षाका लागि विभिन्न उपायहरु अवलम्बन गर्नु आवश्यक रहेको देखिन्छ । विदेशबाट आएकाहरु स्वयंले १४ दिने सेल्फ क्वारेन्टाईनमा बसिदिने, आफ्नो स्थानियको सम्पर्कमा रहने गर्नुपर्दछ । हाम्रो देशका विभिन्न नाकाहरु प्रयोग गरी लकडाउन भैसकेपछि र सो भन्दा अघि लुकीछिपी र आफै आएका नेपाली दाजुभाई दिदीबहिनीहरु सबैजना सरकारले स्थापना गरेको क्वारेन्टाईनमा बसी परीक्षण गर्नुपर्ने आवश्यकता रहेको छ । यो रोग मानिसबाट मानिसमा सर्ने भएको हुंदा संक्रमितहरुसंग सम्पर्क, भेटघाट भएकाहरुले समेत क्वारेन्टाईनमा बसी, रोग परीक्षण गर्नुपर्ने देखिन्छ । अन्तमा राम्ररी हात धुने, खोक्दा मुख छोप्ने, व्यक्तिगत सामानहरु नबांड्ने, आंखा, कान र नाक नछुने, भीडभाडमा नजाने र स्वास्थ्य सल्लाह लिने गर्नाले कोरोना रोकथाम गर्नसकिन्छ भने सुक्खा खोकी लागेमा, ज्वरो आएमा, सास फेर्न अप्ठेरो भएमा, टाउको दुखेमा, अलमल हुने भएमा र घांटी दुख्ने जस्ता लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्यकर्मी वा अस्पतालमा सम्पर्क राखी आफू बांचौ र अरुलाई पनि बचाउन सकिन्छ यस तर्फ सम्बन्धित सबेको ध्यान जानु आवश्यक रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...