कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको पदस्थापन

पोखरा, बैशाख १७ गते । कास्की जिल्ला खेलकुद विकास समितिका नवनियक्तु पदाधिकारी र सदस्यहरुको शुक्रबार पदस्थापन भएको छ । पोखरा रंगशालाभित्र रहेको जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पदाधिकारी तथा सदस्यहरुको पदस्थापन सम्पन्न भएको हो । गण्डकी प्रदेशका नवनियूक्त युवा तथा खेलकुदमन्त्री दीपक मनाङे(राजिव गुरुङ) को प्रमुख आतिथ्यतामा पदस्थापन गरिएको हो ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियूक्त अध्यक्ष तोरण बानियाँले खेलकुद क्षेत्रको विकासका लागि सबैको सहकार्य लिएर अगाडी बढने बताउनुभयो । उहाँले स्वास्थ नागरिक उत्पादनका लागि खेलकुद आवश्यक रहेन बताउदै खेलकुदले मात्रै शारीरिक र मानवसिक रुपमा स्वस्थ बनाउने बताउनुभयो ।

उहाँले कास्की जिल्लाको खेलकुदको नेतृत्व आफुलाई विश्वास गरेर सुुम्पेको बताउदै गण्डकी प्रदेश सरकार लगायत सवैलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष महेन्द्र गुरुङले कास्की जिल्ला खेलकुद विकास समितिले नयाँ खेलाडी उत्पादन र विकासका लागि भुमिका खेल्ने बताउनुभयो ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...