गण्डकीमा थपिए फेरी १३५ नयाँ संक्रमित, पोखराका मात्रै १२३ जना

पोखरा, वैशाख १९ गते । गण्डकी प्रदेशमा फेरि १३५ नयाँ संक्रमित थपिएका छन् । यसअघि आइतबारै २६१ मा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउसो साँढे तीन बजेसम्म संक्रमितको संख्या ३९६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको छैठौ विज्ञप्तिमा एकै पटकमा १३५ जना गपिएका छन् ।

थपिएका मध्य १२३ जना पोखरा महानगरका रहेका छन् । आइबार थपिएका मध्य ३१४ जना पोखरा महानगरपालिका रहेका छन् ।अघि जारी गरेका पाँच विज्ञप्ति अनुसार गण्डकीमा आठ जनाको मृत्यु र २६१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकीमा थपिएका मध्य पोखरा महानगरपालिकाममा मात्रै १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...