आइतबार कोरोना संक्रमण पुष्टि भएकी संविधानसभाकी सदस्य चौधरी मृत्यु

कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै निधन भएको छ । उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो ।

लम्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताएका छन् ।२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...