गण्डकीमा अहिलेसम्मकै धेरै ५७६ संक्रमित, पोखराका ३६८ जना

पोखरा, बैशाख १९ गते । पोखरामा कोरोना भाइरस संक्रमण उच्च बनेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा कोरोनाको हटस्पट बनेको छ ।आइतबार मात्रै पोखरामा ३६८ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा आइबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेका आठ विज्ञप्ति अनुसार प्रदेशमा ५७६ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै संक्रमण हो भने पोखरा महानगरमा पनि यति धेरै संक्रमित भएको धेरै संख्या हो । त्यस्तै आज पोखरामा थप ५ जनाको ज्यान गएको छ ।कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला ९उमेर नखुलेको०, पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिनु भयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले अनुसार आइतबार पर्वत, १ रुपन्देही १ र दाङका १ गरि गण्डकीमा ८ कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना संक्रमित निको भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...