गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा खड्का नियुक्त,उपकुलपतिमा गुरुङ र सदस्य सचिवमा श्रेष्ठ

पोखरा,बैशाख १९ गते । गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सूर्य खड्का‘विखर्ची’ नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशका भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान गरी संरक्षण एवं संवद्र्धनका लागि भनेर गठन गरिएको प्रतिष्ठानमा नियुक्ति पाउनका लागि दरखास्त आह्वान गरिएको थियो ।


दरखास्तकै आधारमा सिफारिस समितिले मुख्यमन्त्री समक्ष नाम पठाएको थियो । सिफारिस गरिएका नाममध्येबाट विखर्चीलाई कुलपतिमा नियुक्त गरिएको हो । उपकुलपतिमा गोरे गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठले नियुक्ति पाउनु भएको छ । सामाजिक विकासमन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति सदस्य रहनुभएको थियो । प्रतिष्ठानमा पदाधिकारीका लागि प्रदेश सरकारले दर्खास्त आह्वान गर्दा झन्डै ६० जनाले दर्खास्त दिनुभएको थियो । सिफारिस समितिले ३० जनाको नाम सिफारिस गरेको थियो । तिनैमध्येबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलपति, उपकुलपति लगायत पदाधिकारी नियुक्त गर्नुभएको हो ।

गएको बर्खे अधिवेशनमा गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन पारित गरेको थियो । यसअघि पोखरा महानगरपालिकाले पहिलो पटक पोखरा प्रज्ञा प्रतिष्ठान गठन गरेको थियो । कानुन अनुसार कुलपति, उपकुलपति र सदस्यसचिवसहित ७ जनाको कार्यकारिणी समिति रहन्छ ।कार्यकारीणी समितिमा लोकसाहित्यबाट सुरेन्द्र गुरुङ,भाषा अनुसन्धानबाट कृष्णप्रसाद पौडेल,संस्कृतिबाट दिलकुमारी पौडेल र साहित्य विधाबाट देवकी आचार्य नियूक्त हुनुभएको छ ।प्राज्ञ सभा सदस्यमा लोकबहादुर थापा,एञ्जिला गौचन,देउकुमारी महतो,थरु नियूक्त हुनुभएको छ । । केही साताअघि नै उहाँहरुको नियुक्ति भए पनि आइतबार मात्रै सार्वजनिक भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...