जिल्ला युवा समिति तनहुँका अध्यक्षको पदस्थापन

दमौली,बैशाख १९ ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहूँ अध्यक्षको पदस्थापन कार्यक्रम आईतवार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष शान्तिरमण वाग्लेले नवनियुक्त    अध्यक्ष रिता ढकाललाई पदस्थापन गराउनु भयो । उक्त कार्यक्रममा ढकालले युवा हकहित तथा सशक्तीकरणका लागि  सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला प्रमुख अधिकारी सागर आचार्य, व्यास नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुण पौडेल,  जिल्ला समन्वय समिति तनहूँका उपाध्यक्ष पवित्रा पौडेल,  भुमि समस्या तथा समाधान आयोगका अध्यक्ष दधिराज सुवेदी, जिल्ला समन्वय  अधिकारी प्रेमराज गिरी, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, नेपाल पत्रकार महासंघ तनहुँ शाखा उज्वल पौडेल, नेकपा एमाले तनहूँका कार्यालय सचिव राजेश्वर ढकाल, आदिबासी जनजाति महासंघ अध्यक्ष बसुन्धरा घर्ति,  लगायतका महानुभावहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष युवराज आलेले गर्नुभएको थियो भने स्वागत मन्तब्य जिल्ला खेलकुद  विकास समिति तनहूँका सचिव तुलसीराम पाण्डेले दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...