काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं, वैशाख २० गते । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार बेलुका ज्वरो बढेको र जीऊ दुखाईको समस्या भएपछि सानेपास्थितको स्टार हस्पिटलमा स्वाब परीक्षण गराउनुभएको शर्माको कोरोना पोजिटिभ देखिएको हो ।


यसपछि शर्माका मित्र एवम् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोलाको सुझाव अनुसार आफूले औषधि सेवन सुरु गरेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

 

अहिले उहाँ आफ्नै निवासमा आइसोलेसनमा हुनुहुन्छ र कोरोना संक्रमण देखिएपनि मनोबल उच्च रहेको प्रतिक्रिया उहाँले दिनुभएको छ ।दोस्रो लहरको कोरोना महामारीबाट आफू बच्न र अरुलाई बचाउन थप सजग रहन पनि उहाँले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...