रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही, वैशाख २० गते । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुटवल उपमहानगरपालिका–४ का ८४ वर्षीय पुरुष, बुटवल–९ का ६१ वर्षीय पुरुष र बुटवल–११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज –७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा–११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना जित्नेको सङ्ख्या बढ्दो

बाँकेमा तीव्र गतिमा देखिएको कोरोना भाइरस सङ्क्रमण जितेर घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ । पछिल्लो एक हप्तामा मात्रै सङ्क्रमित भई विभिन्न कोभिड आइसोलेशन र होम आइसोलेशनमा स्वास्थ्य लाभ गरेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अवधिमा १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल हुनुभएको छ । गत शनिबार १११ वर्षीय वृद्ध र आइतबार १४ महिले बालकले कोरोना जितेर घर फर्किनुभएको हो । कोरोना जित्नेहरु अधिकांश होम आइसोलेशनमा बसेका हुन् ।

बाँकेमा यही वैशाख १९ गते ३०५, १८ गते २५०, १७ गते २०५, १६ गते २४४, १५ गते ८८, १४ गते १०६, १३ गते १२५, १२ गते १२ सङ्क्रमित कोरोना जितेर घर फर्किएकोे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...