गण्डकीमा सोमबार २०३ जना कोरोना संक्रमित थपिए

पोखरा, बैशाख २० गते । गण्डकी प्रदेशमा सोमबार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका चार विज्ञप्ति अनुसार गण्डकीमा २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्य कास्की बाग्लुङमा ६८ जना,कास्कीमा ४६ जना, नवलपरासीपूर्वमा ३९ जना, स्याङजामा १४ जना, पर्वतमा ९ जना,लम्जुङमा २ जना,मनाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हालसम्म गण्डकीमा १९४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...