गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।  उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...