कास्कीमा आजदेखि कडा निषेधाज्ञा, सुनसान पोखरा (फोटो फिचर)

पोखरा, बैशाख २१ गते ।कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि कास्कीमा पनि आजदेखि कडा निषेधाज्ञा घोषणा गरिएको छ ।

यसअघि जिल्लामा वैशाख १५ गतेबाट २१ गते राति १२ बजे सम्म खुकुलो गरी निषेध आदेश जारी गरिएको थियो । आजदेखि एकसाता लामो निषेधाज्ञा सकिए लगत्तै आज बिहानै ५ बजेदेखि लागुह हुने गरी बैशाख ३१ गते राति १२ बजे सम्मका लागि थप कडाइ गर्दै कास्की प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।


प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।जिल्ला भित्र सञ्चालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा समेत रोक लगाइएको छ । यसअघि अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा जोरबिजोर प्रणाली लागु गरिएको थियो ।


प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरू, डिपार्टमेन्टल स्टोर (खाद्यान्न मात्र ) पसलहरु बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय प्रशासनले गरेको छ । त्यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै उद्योग र सार्वजनीक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा अपनाई सञ्चालन गर्ने, ढुंगा, गिट्टी, बालुवा, रड, सिमेत जस्ता निर्माण सामाग्री बोक्ने सवारी साधनहरु दिएको १ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने, आयोजनामा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनका चालक, सहयोगी र श्रमिकहरुलाई ओसारपोसार गर्न आयोजनाले जारी गरेको परिचयपत्रको आधारमा सवारी साधन प्रयोग गर्न दिइने प्रशासनले जनाएको छ । त्यस्तै स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा विक्री वितरण लगायका अत्यावश्यक सेवा तथा कार्य गर्र्ने बाहेकका अन्य सरकारी तगा गैरसरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु प्रवाह नगर्ने, सञ्चारकर्मीको हकमा सुचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास, वा सम्वन्धित सञ्चारगृहले जारी गरेको परिचयपत्रको आधारमा आवातजावत गर्न सकिने व्यवस्था गरिेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा नेपाल राष्ट बैंक, प्रादेकि कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले एक चौथार्ई कर्मचारीको उपस्थितिमा एकचौथाई शाखा सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अन्तराष्टिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुको हकमा भिसा, सहितको पासपोर्ट र हवाई टिकटको प्रतिलिपी साथमा लिई एक जना आफन्त सहित यात्रा गर्न सकिने र यात्रामा गएका आफन्त काठमाडौबाट फर्कदा विदेश यात्रामा गएको ब्यक्तिको भिसा सहितको पासपोर्ट र हवाई टिकटको छायाँप्रति साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रशासनले जारी गरेको आदेशको अवज्ञा गरी कार्य गरे गराइएको पाएमा स्थानीय प्रशासन ऐन २०२८, ंसंक्रामक रोग ऐन २०२० एवं अन्य प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...