पदमुक्त भएकोमा खुशी छु, मैले संविधान विपरित काम गरेको छैन ः अमिक शेरचन

पोखरा, बैशाख २१ गते । गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट पदमुक्त हुनुभएका अमिक शेरचनले आफुले संविधान विपरित कुनै पनि काम नगरेको बताउनुभएकोछ । संघीय सरकारको सिफारिसमा सोमबार राष्टपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखबाट मुक्त हुनुभएका शेरचनले मंगलबार प्रदेश प्रमुख निवासमा पत्रकार सम्मेलन गदै आफुले संवैधानिक मर्यादा पालना गरेको बताउदै प्रदेश प्रमुखबाट पद मुक्त हुदाँ खुशी लागेको बताउनुभयो ।


आफुले कुनै गल्ति नगरेको बताउदै भन्नुभयो, मैले गल्ती गरेको भए राजीनामा दिन्थे हटाउनुपर्ने थिएन् । ‘राजनीतिक दललाई पक्षपात गरेको छैन् । उहाँले भन्नुभयो, एमाले र माओबादीको पक्ष विपक्षमा निर्णय गरेको छैन् ।’ शेरचनले आफनो पदमुक्त राजनीतिक प्रतिसोध भन्दापनि निरकुशताको पराकाष्ठ भएको बताउनुभयो ।‘मेरो पदमुक्त निरकुशता तर्फ गयो ।


यो निरकुशताको पराकाष्ठको सुचक हो ।’ उहाँले प्रतिनिधि सभा विघठन भएदेखिनै आफुले राजीनामा दिन खोजेको बताउदै उहाँले भन्नुभयो, राजीनामा खल्तीमा बोकेर हिडेको थिए । प्रचण्डजीले अहिले नदिनु भनेकाले राजीनामा नदिएको हुँ । गण्डकी प्रदेशको प्रदेश प्रमुखमा १८ महिना दुर्ई दिनमा पदमुक्त हुनुभएको छ । उहाँले आफु पद र सत्ताको लागि असंवैधानिक काम गर्ने ब्यक्ति नभएको बताउदै पदमुक्त गरेकोमा राष्टपति विद्यादेवी भण्डारीलाई धन्यबाद ब्यक्त गर्नुृभयो। अधिकार विहिन खुल्ला जेलबाट मुक्त भए उहाँले भन्नुभयो,‘ त्यसका लागि राष्टपति ज्यूलाई धेरै धन्यबाद छ ।’

उहाँले आफुले प्रदेश प्रमुख हुन्न भनेको तर पार्टीको निर्णयलाई इमान्दार कार्यकताको रुपमा स्वीकार गरेको बताउदै भन्नुभयो, ‘राष्टपति, अध्यक्ष र राजाको शासनकालमा प्रधानमन्त्रीको पद अस्वीकार गरेको ब्यक्ति हुँ ।मलाई पदको लोभ छैन् ।’शेरचनले समृद्धि र विकासका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरताले देशमा समृद्धि र विकास हुदैन्। त्यसैले राजनीतिक स्थिरता कायम राख्नुपर्छ ।

उहाँले गण्डकी प्रदेशसभाको विशेष अधिवेशनले अविस्वाको प्रस्ताव टुगो नलगाई नहुने बताउनुभयो । गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सीता पौडेल नियूक्त हुनुभएको छ ।उहाँ आजै साँझसम्म पोखरा आउने बताइएको छ ।पौडेल अखिल नेपाल महिला संघको संयोजक र प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...