गण्डकीमा २९१ नयाँ संक्रमित, पोखराका १८०

पोखरा, बैशाख २१ गते ।गण्डकीमा मंगलबार २९१ जना नयाँ  कोरोना संक्रमित थपिएका छन् । पोखराका विभिन्न अस्पतालमा गरिएको स्वाब  परिक्षणमा २९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयले जारी  छ वटा विज्ञप्ति  अनुसार थपिएका मध्य १८० जना पोखरा महानगरपालिकाका रहेका  छन्  । त्यस्तै ५१ जना नवपलपरासीपूर्वका  रहेका छन्  । बाग्लुङका ३२ जना,तनहुँका ११ जना, स्याङजाका ४ जना,मुस्ताङका ४ जना, बाग्लुङ र  लमजुङका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...