काठमाडौं उपत्यका भित्र जारी निषेधाज्ञा २९ गतेसम्म थप

काठमाडौं,बैशाख २१ गते । काठमाडौं उपत्यका भित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २९ गते राती १२ बजे सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले  जानकारी दिनुभयो ।

साथै पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम गरिएको उहाँले जानकारी दिनुभयो । अव देखि अत्यावश्यक बाहेकका अरु सवै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरि बैंक तथा वित्तिय संस्थामा सिमित जनशक्ति राखेर चलाउन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...