पोखरा महानगर युवा परिषदको उपाध्यक्षमा गौतम नियुत्त

पोखरा महानगरपालिका नगर युवा पुरिषदको उपाध्यक्षमा हरिबोल गौतम नियूक्त हुनुभएको छ । नगर युवा परिषद् सञ्चालन कार्यबिधि २०७५ (प्रथम) संसोधन २०७५ को दफा ३ (ख) बमोजिम २०७८ बैशाख २१ गतेको प्रमुखस्तरीय निर्णय अनुसार उपाध्यक्षमा नियूक्त गरिएको पोखरा महानगरपालिको जनाएको छ । आजैका मितिदेखि लागु हुने गरी आगामी चार वर्षको लागि उपाध्यक्षमा पदमा मनोनित गरिएको छ ।

काम, कर्तब्य र अधिकारी र मासिक सुविधा कार्यविधिको दफा २३ बमोजिम हुने उल्लेख छ । युवाहरुको हक,हित र अधिकारको संरक्षण एवं सवद्र्धन गदै सक्षम नागरिक तयार गरि समृद्ध पोखरा निर्माणमा यहाँको योगदान रहने छ भन्ने अपेक्षा गरिएको छ उपाध्यक्षमा गौतमलाई दिइको नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।

कार्यकारी समितिका  उपाध्यक्षलाई सेवा सुविधा अधिकृतस्तर छैठौ सहरको हुने व्यवस्था रहेको छ । कार्यकारी समिति सदस्यहरुलाई मासिक दशहजार रुपैयाँ ब्यवस्थापन खर्च उपलब्ध गराईने छ । उपाध्यक्षमा नियूत्त गौतम अनेरास्ववियूका पुर्व जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भैसकेका छन् । उनी नेकपा एमालेका कार्यकता हुन् ।

Bhag 2 Khanda 19 पोखरा महानगरपालिका नगर युवा परिषद संचालन कार्यविधि ( पहिलो संशोधन)

परिषद्को गठन तथा काम, कर्तव्य, अधिकार
३. पोखरा महानगरपालिका भित्र युवाहरुको हक, हित र अधिकारको संरक्षण
एवम् सम्बद्र्धन गरी समृद्ध पोखरा महानगरपालिका निर्माणका लागि प्रमुखको
प्रस्तावमा यो कार्यविधिको परिच्छेद–२ को दफा ९ मा व्यवस्था भएको योग्यता
पुगेको क्रियाशील व्यक्तिहरुमध्येबाट नगर कार्यपालिकाले देहाय बमोजिमको
४३ सदस्यिय परिषद् गठन गर्नेछ ः
छछ
वर्ष २) खण्ड १६, पोमपा, स्थानीय राजपत्र, भाग २ मिति २०७५।०८।०५
(क) नगर कार्यपालिका वा महानगरप्रमुखले नियुक्त गरेको – अध्यक्ष
(ख) युवासँग सम्बन्धित विभिन्न संघ संस्थाबाट – सदस्य
प्रतिनिधित्व हुनेगरी २ जना
(ग) युवाको हक, हित संरक्षण र सम्बद्र्धनमा बिशेष योगदान – सदस्य
पु¥याएका युवाहरुमध्येबाट आदिवासि जनजाति, दलित,
अपाङ्गता भएका, अल्पसंख्यकको प्रतिनिधित्व हुनेगरी ३ जना
(घ) उद्योग, कृषि, पर्यटन, खेलकूद, विज्ञान प्रविधि, साहित्य तथा – सदस्य
कलाको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ३ जना
ङ) महानगरपालिकाको ३३ वडाबाट एकजना प्रतिनिधित्व गर्ने गरि ३३
जना – सदस्य
(च) नगरपालिकाको अधिकृत स्तरको कर्मचारी – सदस्य सचिव
४. दफा ३ बमोजिमका सदस्यहरुको मनोनयन समावेशी सिद्धान्तको आधारमा
गरिनेछ ।
५. दफा ३ बमोजिम गठन भएको परिषद्को पदावधि गठन भएको मिति देखि चार
(४) वर्ष हुनेछ ।
६. अध्यक्षले कुनै कारणबाट आफ्नो पदबाट राजिनामा दिन चाहेमा प्रमुख समक्ष
र अन्य पदाधिकारीले तथा सदस्यले अध्यक्ष समक्ष राजिनामा पेश गर्नुपर्नेछ ।
७. पदावधिको विचमा राजिनामा दिई, मृत्यु भई, असत्त भई, फौजदारी अभियो
गमा सजाय पाई, बसाईसरी बाहिर गएमा, पदिय दायित्व सन्तोषजनक ढङ्गले
वहन नगरी पदबाट फिर्ता बोलाई वा अन्य कारणले समितिको पद रित्त भएमा
बाँकि रहेका पदावधिको लागि मात्र नगर कार्यपालिकाले मनोनयन गर्नेछ ।
८. परिषद्मा नगरपालिकाले मनोनयन गरेका पदाधिकारी तथा सदस्यहरुको कार्य
सन्तोषजनक नभएको नगर कार्यपालिकाले ठहर गरेमा कुनैपनि पदाधिकारी
तथा सदस्यलाई आफ्नो पदबाट फिर्ता बोलाई बाँकि पदावधिको लागी रित्त
पदमा मनोनयन गर्न सक्नेछ ।
९. परिषद्मा पदाधिकारी तथा सदस्यमा मनोनयन गर्न देहाय बमोजिमको यो
ग्यता हुनुपर्नेछ ।
(क) १६ बर्ष पुरा भई ३५ बर्ष ननाघेको नेपाली नागरिक,
(ख) परिषद्को कार्यवारे पर्याप्त जानकारी भई योगदान पु¥याउन सक्ने,
(ग) युवाहरुको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको,
(घ) नगरपालिकाको नागरिक÷नगरपालिका भित्र बसोबास गरी योगदान पु¥याइ
रहेको,
(ङ) फौजदारी अभियोगमा सजाय नपाएको व्यत्ति

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...