जीप दुर्घटना पाँच जनाको मृत्यु

बैतडी, वैशाख २१ गते । बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना सख्त घाईते भएका छन् ।सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६, का वडा सदस्य गोविन्दसिंह भण्डारीको शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बैतडी आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।


दुर्घटनामा परि मृत्यु हुनेमा जीतसिंह भण्डारी ( ५० वर्ष) डम्बरसिंह भण्डारी ( ३०) हिक्मतसिंह भण्डारी (२७) दीपक भण्डारी ( ४०) र जिप चालक तेजबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

वडा सदस्य भण्डारीको शव बोकेको से १ ज १८३ नम्बरको जिप प्रहरीको गाडी अगाडि आउँदै गरेको अवस्थामा मङ्गलबार दिउँसो २ः ४५ बजे पञ्चेश्वर गाउँपालिका–६, गणमेश्वरको मोडबाट पाँचसय मिटर तल भीरमा खसेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा स्वर्गीय वडा सदस्यकै आफन्त रहेका छन् ।

दुर्घटनामा थप पाँच जना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ । जिपमा १० जना सवार रहेका थिए । दुर्घटनाका घाईतेको उद्दार गरि उपचारका लागि बैतडी अस्पताल ल्याईएको छ ।घाईते हुनेमा खेमसिंह भण्डारी, हरिश भण्डारी, मोहन भण्डारी, दिलिपसिंह भण्डारी, मदनसिंह भण्डारी र गोरे भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना भएको देहिमाण्डौं–गिरेगाडा सडक खण्ड सवारी साधन चलाउन अनुमति नपाएको सडक खण्ड हो । सोमबार रातिदेखि परेको पानीले उक्त सडक खण्ड हिलाम्मे बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...