रंगशालामा बन्ने भयो गण्डकी खेलकूद परिषद भवन, मन्त्री गुरुङले गरे शिलान्यास

पोखरा, बैशाख २३ गते । गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री र राजिव गुरुङले गुरुङले गण्डकी प्रदेशका ११ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताउनु भएको छ । गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवनको पोखरा रंगशालामा शिलन्यास गदै उहाँले भन्नुभयो –“हामीले सबै जिल्लाका पूर्वाधारहरु सम्पतीको खोजी गरीरहेका छौं र ति कस्तो अवस्थामा छन त्यस्को जानकारी समेत लिनेकाम शुरु गरेका छौं ।”


एक साता अघि मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधा सम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताउनुभयो ।पोखरा रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुननसकेको भन्दै मन्त्री गुरुङले भन्नुभयो–“यहाँका खेल पुर्वाधारहरु मनोमानी ढङले चलेका छन भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तीहरुको भुँडी घटाउने ठाउँ ।”

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गर्नुभयो ।प्रदेश सरकारको रु ४० लाख लागतमा निर्माण हुने स्टील संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...