नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पोखरा, बैशाख २३ गते । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।


बुधबार पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरिएको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको उपस्थितिमा महासचिव सुवेदी, गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जरा र कोषाध्यक्ष राजेन्द्र न्यौपानेले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।

पर्वत, म्याग्दी र मुस्ताङका लागि प्रदान गरिएका सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोष थापा र उपस्थित अन्य पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा महासंघ गण्डकीका सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले कोरोना संक्रमणको वर्तमान अवस्थामा फ्रन्टलाईनमा खट्ने पत्रकार जोखिममा रहेको बताए । स्वास्थ्य सुरक्षा समग्री प्रयोग गर्र्दै सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

महासंघ गण्डकीलाई नेलम्बो नेपालबाट प्राप्त माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री र लायन्स क्लव अफ पोखरा माछापुच्छ«ेबाट प्राप्त फेससिल्ड प्रदान गरिएको हो । महासंघ कास्की शाखा सहित प्रदेशका सबै जिल्लामा आवश्यकताको आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने महासचिव सुवेदीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...