पोखरामा जिल्ला प्रशासनको अनुगमन, एक स्टोर्सलाई दश हजार जरीवाना

पोखरा, बैशाख २३ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुमगन गरेको छ । निषेधाज्ञाको अवधिमा बस्तु तथा सेवा आपूर्ति ब्यवस्थापन, मुल्य, गुणस्तरता र शुद्धताको विषयमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो ।

पोखरा महानगरपालिकाभित्र सञ्चालित आठ डिपार्टमन्ट स्टोर्र्समा अनुगमन गरिएको र एउटा डिपार्टमेन्ट स्टोर्सले तत्काल खाद्य अनुज्ञापत्र उपलब्ध गराउन नसकेका कारण कारबाही गरिएको छ ।उक्त स्टोर्सलाई दश हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...