एकैदिनमा चार हजार सङ्क्रमितको मृत्यु हुने भारत तेस्रो राष्ट्र

काठमाडौं, वैशाख २५ गते । भारतमा कोरोना सङ्क्रमणबाट हुने मृत्यु नयाँ ऊँचाइमा पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् ।


एकैदिनमा चार हजार सङ्क्रमितको मृत्यु भएको अमेरिका र ब्राजिलपछि भारत पहिलो राष्ट्र हो । यसअघि संयुक्त राज्य अमेरिकामा गत जनवरी १२ मा अहिलेसम्मकै सबैभन्दा बढी चार हजार ४९० जना सङ्क्रमितको एकैदिनमा मृत्यु भएको थियो । भारतमा सो अबधिमा चार हजार १८७ जना सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा पछिल्लो चौबीस घण्टामा चार लाख एक हजार ७८ जना नयाँ सङ्क्रमित पहिचान गरिएका छन् । एकैदिनमा चार लाख बढी सङ्क्रमित पुष्टि भएको यो लगातार तेस्रो दिन हो । भारतमा हालसम्म दुई करोड १८ लाख सङ्क्रमित सङ्ख्या पुगेको छ । दुई लाख ३८ हजार २७० जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट हुने मृत्यु दर एक प्रतिशत माथि पुगेको छ । हालसम्म एक करोड ७९ लाख सङ्क्रमित कोरोनामुक्त भएका छन् ।हाल ३७ लाख २३ हजार ४४६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...