पोखरा थन्डर्स सुपर लिग फुटबल प्रतियोगिताबाट बाहिरियो

पोखरा, बैशाख २५ गते । नेपाल सुपर लिग फुटबल प्रतियोगिताबाट पोखरा थन्डर्स बाहिरिएको छ । बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबलको प्ले अफमा पुगेका छन ।

धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो । बुटवललाई जिताउन खेलको ८० औं मिनेटमा सुमन लामाले गरेको गोल नै निर्णायक बन्यो । बुटवलको जितसँगै पोखरा थन्डर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै, यस अघि भएको खेलमा ललितपुर सिटी एफसीले विराटनगरलाई ४–० गोल अन्तरले पराजित गर्यो । ललितपुरका लागि अन्जन बिष्टले दुई तथा बिमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । विजय धिमाल दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि खेलको ८५ औं मिनेटमा विराटनगर १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै ललितपुरले ६ खेलमा ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...