गण्डकीमा २४ घण्टामा १३ को मुत्यृ, ६५३ नयाँ संक्रमित थपिए

पोखरा, बैशाख २७ गते ।गण्डकी प्रदेशमा सोमबार १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार गण्डकी प्रदेशमा १३ जनाको मृत्यु भएको छ हो । त्यस्तै गण्डकी प्रदेशमा ६५३ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

गण्डकीमा होमआइसोलेसनमा ५४९६ जना रहेका छन् । गण्डकीमा संक्रमितको संख्या २३८८२ रहेका भएका छने हालसम्म १८०७८ कोरोनामुक्त भएका छन् ।गण्डकीमा संक्रिय संक्रमितको संख्या ५५३३ पुगेको छ । कोरोना संक्रमणबाट गण्डकीमा २७६ जनाले ज्यान गुमाएका छन् ।सोमबार गण्डकी प्रदेशमा मृत्यु भएकाहरु । स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार पोखरा,स्याङजा,म्याग्दी, तनहुँ, रुपन्देही र पर्वतका कोरोना संक्रमितको मृत्यु भएको हो ।

 

पोखरा महानगरका ७ का ८७ वषीय कोरोना संक्रमितका आज विहान मृत्यु भएको हो। होमआइसोलेसनमा मृत्यु भएको हो ।पोखराकै ६७ वषीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । त्यस्तै स्याङजाको फेदीखोला गाउँपालिका ९ की ६२ वषीय कोरोना संक्रमित महिलाको हिजो बेलुका गण्डकी मेडिकल कलेजमामृत्यु भएको हो ।स्याङजाकै गल्याङ नगरपालिका ३ का ८४ वषीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

यस्तै म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वषीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । पर्वत जिल्ला कुश्मा नगरपालिका १ का ४७ वषीय पुरुषको धौलागिरी बाग्लुङमा उपचारका क्रममा निधन भएको हो । तनहुँ जिल्लाको भानु नगरपालिका १का ६५ वर्षिय पुरुषको दमौली अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।त्यस्तै स्याङजा जिल्ला वालिङ नगरपालिका १की६४ वषीय कोरोना संक्रमित महिलाको चरक मोमोरिय अस्पताल पोखरामा निधन भएको छ।स्याङजाकै हरिनास गाउँपालिका ४ का ५५ वषीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...