सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल

काठमाण्डौ ।कोरोना भाइरस संक्रमणको महामारीले खेलकुद गतिविधि ठप्प छन् । तर काठमाडौको दशरथ रंगशालामा नेपाल सुपर लिग भने जारी छ । दर्शक विना सञ्चालन भैरहेको नेपाल सुपर लिग एनएसएल फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुने भएका छन् ।

प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने छन् ।काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणको खेलमा धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो ।

आज जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले भने बुटवल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...