सांसद किनबेच, पार्टी फुटाउने र अपवित्र गठबन्ध बनाउने गलत अभ्यास नगर्न काँग्रेसलाई कमल थापाको आग्रह

पोखरा, बैशाख २८ गते ।राप्रपा अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन बनाएर गलत संस्कारको अभ्यास नगर्न काँग्रेसलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले कंग्रेसको भलो गर्दैन उनले लेखेका छन्, प्रजातन्त्र विकृत हुन्छ काँग्रस सभापति ज्यू ।


अध्यक्ष थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नयाँ चुनावमा गरौं भनेका छन् । उनले विगतका त्रुटि कमजोरी हटाऔँ चुनाव मात्र विद्यमान संकटको समाधान हो भनेका छन् ।

सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गरौं।राष्ट्रिय संकल्प र प्रयास भयो भने केही महिना भित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउन सक्छ। अनि उत्साहका साथ चुनावमा जाऔॅ।अस्थिरताको वातावरणमा मौलाएको भ्रष्टाचार,सर्वसत्तावाद र धर्परिवर्तनलाई पराजित गरौं

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...