सरकार गठनको समयसीमा आज सकिदै, दलहरु छलफलमा ब्यस्त 

काठमाडौं, बैशाख ३० गते । संघीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समसीमा आज अन्तिम दिन हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ २७ गते पदमुक्त हुनुभएको थियो ।

उहाँ पदमुक्त भएपछि तीन दिनको समयसीमा तोकेर बहुमतको सरकार गठनका लागी राष्ट्रपतिले दलहरुलाई आह्वान गरेकी थिइन् । सरकार गठनको लागी अह्वान गरेको मिति आज साँझ सकिदैछ । । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदैछ ।

 

तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । काँग्रेसको नेतृत्वमा सरकार बनाउन तीन ठूला दल कस्सिएपनि बहुमत जुटन सकेको छैन् । एमालेको माधव नेपाल पक्षको निर्णयले बहुमतको सरकार निर्भर बनेको छ ।यता जसपामा दुई धारमा विभाजित भएका कारणपनि सरकार बनाउन सकस बनेको छ ।

सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा विभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...