रवीशंकरको जन्मजयन्तीमा महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा, वैशाख ३० गते । कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको अवस्थामा आर्ट अफ लिभिङका संस्थापक श्री रवीशंकरको ६५ औं जन्म जयन्तीको अवसरमा स्वास्थ्य सामाग्री प्रदान गरिएएको छ ।

आर्ट अफ लिभिङ पोखराले पोखरा महानगरपालिका र नेपाल हेल्थ कर्पोरेसनलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आर्ट अफ लिभिङले मास्र्क, पीपीई, अक्सिजन केन्द्रक गरी १ लाख ४९ हजार बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो । सामग्री आर्ट अफ लिभिङका प्रदेश प्रमुख नरेश भट्टराई, यवसायी आनन्द बतास, कास्की कोअर्डिनेटरे पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गर्नु भएको हो ।

आर्ट अफ लिभिङले संस्थापकको जन्म दिनको अवसरमा १ सय ५५ देशमा यसरी नै आज स्वास्थ्य सामग्री वितरण गरेको कास्की कोअर्डिनेटर विश्वमोहन अधिकारील अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री ग्रहण गदै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोना संकटमा सहयोग गर्नु ठूलो भएको बताउदै कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत अग्रभागमा रहेर खटिनेहरुलाई उपलब्ध गराउने बताउनुभयो । पोखरा महागनर कोरोना संक्रमण नियन्त्रणका लागि जुटिरहेका बेला जन्मदिनको अवसरमा प्राप्त सहयोगले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...