केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको सपथ

काठमाडौं । नियूक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्टपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउनु भएको हो । ओली हिजो प्रधानमन्त्री पदमा नियूक्त हुनुभएको भएको थियो ।

 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...