सरकारले प्रतिगमन गरेको देख्नु नक्कली क्रान्तीकारी :प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ संक्रमितहरुको उपचारका लागि सरकारले यथासक्दो प्रयास गरिरहेको बताउनुभएको छ । हाल उपत्यकासहित देशैभरका कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको क्षेत्रमा अस्पतालहरुमा विशेषगरी अक्सिजनसहितको बेड लगायत स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेको बेला प्रधानमन्त्री ओलीले चिकित्सक, नर्सिङ, अक्सिजन र अन्य उपकरणसहितका बेडहरुको उपलब्धताका लागि प्रभावकारी ढंगबाट प्रयास जारी रहेको बताउनु भयो ।

उहाँले विशेषगरी, देशैभरका भइरहेको अक्सिजनको कमी पूरा गर्नका लागि देशभित्रका प्लान्टहरुलाई सम्पूर्ण क्षमतामा सञ्चालन गरिने बताउनुभयो । यससँगै छिटोभन्दा छिटो अक्सिजन आपूर्तीका लागि विदेशबाट पनि ल्याउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।कोरोना महामारीको संकटपूर्ण अवस्थामा कोरोनाविरुद्धको लडाईमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले अग्रपंक्तिमा खटिरहनु भएको बताउँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइदै लगिने बताउनुभयो ।

 

कोरोनाको यो संकटको अवस्थामा अघिपछि भन्दा एकअर्कामा सेवा र मानवीयको भावनाको पनि आवश्यक रहेको बताउनुभयो । उहाँले निजी अस्पताल र स्वास्थ्य उपकरणसँग सम्बन्धित औषधिय कुराहरुका लागि सबैले जिम्मेवारीका साथ सक्रिय हुन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

 

तर, कोरोना महामारीको यो विषम् परिस्थतीमा पनि स्थिरता नचाहनेहरुले सरकारले प्रतिगमन गरेको देख्नु नक्कली क्रान्तीकारी भएको उहाँले बताउनुभएको छ । महामारीको जटिल परिस्थतीमा सबै एकजुट हुनुपर्नेमा देशमा शान्ती कायम हुन नदिन केही पक्षले त्यसखाले कार्य गर्दै आएकोप्रति उहाँले असन्तुष्ट व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...