अनेरास्ववियुले आव्हान गरेको विद्यार्थी आन्दोलनको बिगुल

आज जेठ १ गते । इतिहासको त्यो दिन , जुन दिन औपचारीक रुपमा नेपाली बिद्यार्थी आन्दोलनको सांगठनिक आन्दोलनको सुरुवात भएको थियो । सांगठनिक रुपमा विद्यार्थी समस्या र चुनौतीहरु लाई समाधान गर्ने महान उद्देश्यका साथ २०२२ साल जेठ १ गते देशकै ठुलो विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भएको थियो । यो दिन आज पनि प्रगतिशील, देशभक्त र जनवादी आम नेपाली विद्यार्थीहरुकालागी ऐतिहासिक दिन हा । “जय तम सस्कृत ” देखि छिटपुट असंगठित रुपमा विद्यार्थीका विचमा भएका समस्याहरुको समाधानका लागि आन्दोलन हुदै आएता पनि सांगठनिक रुपमा भएको यो अभुतपूर्व दिन थियो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन पछाडी ।

 

नेपालमा राजासहितको प्रजातान्त्र स्थापना भएको थियो । त्यस विचमा उनीहरुलाई चुनौती थियो । किनकि विश्व समुदायको नजर नेपालमा थियो । विश्वको आँखा छल्नको लागि शिक्षा नीति र विद्यालयहरु स्थापना गरिएको थियो तर, त्यहाँ पनि जनतालाई साच्चिकै शिक्षित नबनाउन तत्कालीन शासकहरुले शिक्षा निति नै कमजोर बनाएका थिए । ता कि शासन गर्न सजिलो होस । त्यसैले इस्ट इन्डिया कम्पनीले इन्डियामा कर्मचारी उत्पादन लागि मात्र बनाएको शिक्षा निति हुबहु नेपालमा जवरजस्त लागु गराइदिए । तिनै व्यवस्थाहरु बिच भएको राजनैतिक कुशासनका बाछिटाहरु विद्यार्थीका माझ परिरहेको थियो ,जुन रुपमा शिक्षाको सहज पहुँच आम स्तर सम्म पुग्नुपर्ने हो त्यो हुन सकिरहेको थिएन , जहा पुगेको थियो त्यहाँ पनि खास तौर सँग राम्रो शैक्षिक गतिविधि संचालन हुन सकिरहेको थिएन । जस्का कारण प्रगतिशील विद्यार्थीहरु संगठित हुदै समाजिक तथा शैक्षिक व्यथिति विरुद्धको आन्दोलनमा गोलबन्द हुदै अगाडि बढेको गौरवशालि संगठन अनेरास्ववियु हो ।

पञ्चायत व्यवस्थाले राज्यको सामाजिक आर्थिक साँस्कृतिक रुपमा खोक्रो पारेको थियो । त्यसको परिणाम नेपाल संसारकै दोस्रो गरिब मुलुक बन्न पुगेको थियो । त्यो हुनुमा मुलतः साशकहरुमा नभएको सुझबुझ नै थियो । यो व्यवस्थाले आम नागरिकलाई बोल्न समेत दिदैनथ्योँ ,त्यो व्यवस्थाका बिरुद्ध अनेरास्ववियुले ज्यहाद छेड्ने काम गरेको थियो र त आज हामी निर्वाध रुपमा लोकतन्त्रको अभ्यास गर्न पाइरहेका छौ । विद्यार्थी आन्दोलनको माध्यमबाट शैक्षिक समस्या समाधान देखि ठुला ठुला राजनैतिक व्यवस्था परिवर्तनको संवाहक समेत विद्यार्थी संगठनको ठुलो उपलब्धि हो । सायद विद्यार्थी संगठन यति सशक्त हुने थिएन भने यति चाढै यस किसमका राजनीतिक व्यवस्थामा परिवर्तनको उपलब्धि हुन मुस्किल पर्ने थियो । राष्ट्रियताको सवालमा होस , जनजीविकाका सवालमा , विद्यार्थीका पक्षमा आफ्ना सवालहरुलाई आत्मसाथ गरेको देखिन्छ । त्यसैको उपलब्धि स्वरुप सार्वजनिक यातायातमा ४५प्रतिशत विद्यार्थी सहुलियत देखि शैक्षिक प्रमाणपत्र धितो राखि कर्जा उपलब्ध गराउने सम्मका धेरै खालका अग्रगामी उपलब्धिहरु अनेरास्ववियुका ऐतिहासिक उपलब्धिहरु हुन् । तर, विद्यार्थीका समस्याहरुलाई समाधान गर्दै राष्ट्र निर्माणको सारथि बनिरहेको विद्यार्थी संगठन माथी आज वर्तमान समयमा आइपुदा यदाकदा औचित्य माथि प्रश्न उठाएर प्रहार गर्न खोजीयको त हैन ? आम विद्यार्थीलाई राजनैतिक चेतनाबाट अलग गरेर भोलि कस्तो नेता समाजले पाउन सक्ला मलाई अचम्म लाग्छ ? सवै विद्यार्थी राजनीति गरेर नेता नै बन्नुपर्छ भन्ने छैन तर, जुन सुकै पेसामा लाग्दा पनि राजनैतिक चेतना भने अवस्य हुनुपर्छ । तर, यस्को मतलव यो होइन कि अब पुरानै तौरतरीकाले अवको विद्यार्थी अन्दोलन अगाडि बढ्न सक्छ आजको गम्भीर विषय बनेको छ । वर्तमानमा हाम्रो शासकीय स्वरुपमा धेरै परिवर्तन आएको छ । यो हामीले ल्याएको व्यवस्था हो । हो भने यस्लाई राम्रो वनाउने जिम्मा पनि हाम्रै हुन्छ ,व्यवस्थामा आयको परिवर्तन संगै विद्यार्थी आन्दोलनको तरिकामा पनि परिवर्तन हुनु आजको आवश्यकता हो । आज हामी विश्वमान चित्रमा विकासशील राष्ट्रको रुपमा अगाडि बढ्न खोजिरहेका छौ , समाजवाद उन्मुख राज्य, संम्वृद्धि र सम्पन्नता आज हाम्रो देशको पहिलो शर्त बनेको छ ।

 

राष्ट्रीय लक्ष्यहरु पुरा गर्नका लागि के विद्यार्थीहरु विना नै सम्भव छ ? छैन । त्यस कारण यस्लाई अलग राख्न सकिदैन । यसलाई अझ प्रयोगात्मक सृजनशिलता बनाउदै विद्यार्थीलाई विश्व बजारमा प्रतिशतप्रर्धा गर्न सक्ने बनाउदै लैजानु आजको आवश्यकता हो । तर , हाम्रो विश्व विश्वविद्यालयल र बजारको तालमेल नमिलेकै कारण हामीले नत प्रयाप्त रोजगारी पाउन सकेका छौ न त हाम्रो दैनिक जीवन संग मेल खाने शिक्षा नै । त्यसैले विद्यालय देखि विश्व विद्यालय सम्मको शिक्षा लाई जीवन उपयोगी बनाउनु पर्छ बजारले खोजेको आवश्यकको अनुसन्धान गरि विद्यालय तथा विश्वविद्यालयहरु त्यस्तै किसिमको शिक्षा प्रणाली विकास गरिनुपर्छ । जब कि देशले खोजेको कुरा एउटा छ , पुरा गर्ने साधन अर्को भयो भने हामीले तय गरेको गन्तव्यमा पुग्न सकिदैन । त्यस कारण मुलरुपमा हामीले खोजेको सम्वृद्धि हो भने त्यो पुरा गर्ने जनशक्ति पनि त चाहियो त्यसकारण अबको विद्यार्थी संगठनको पहल जनशक्ति निर्माणमा हुनुपर्छ । अव विश्वविद्यालयहरु सुधार गर्ने ऐजेण्डा हाम्रो काधमा रहेको छ , कसैलाई नायक बनाएर कसैलाई खलनायक बनाएर इतिहासलाई दन्तेकथा जस्तो गरि पढाइने शैलीको अन्त्य गराईनुपर्दछ , आलोचनात्मक चेत सहितको विद्यार्थी उत्पादनमा जोड दिनु पर्दछ ता कि विद्यार्थीले आफ्नो प्रश्न निर्धक राख्न सकोस् । सामान्त वादलाई पुजीवादीले पुजीवादलाई बिज्ञान र प्रविधिले विस्थापित गर्न सक्छ । त्यसकारण बिज्ञान र प्रविधिको सिपले युत्त विद्यार्थी उत्पादन गर्न अनेरास्ववियुले भुमिका खेल्न सक्दछ । त्यसका लागि हामीले हाम्रो संगठन लाई परिचालन गर्नुपर्छ । त्यस्तै गरेर हाम्रो संविधानले नै नेपाल समाजवाद उन्मुख राज्य प्रणाली र व्यवस्थालाई स्वकारेको छ भने अब सवैको सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि अनेरास्ववियुको तर्फबाट पुरा गर्न कसरी सकिन्छ यो कुराहरुलाई जोडेर अवको हाम्रो संगठन लाई अगाडि लैजानु पर्दछ ।जस्कालागि स्पष्ट दस्तावेजका साथ अब लाखौं विद्यार्थीहरुको ढुकढुकि अनेरास्ववियु अग्रेणी भएर आउने छ त्यसैले सम्वृद्धि र समाजवाद न आउन्जेल बिद्यार्थी आन्दोलनको औचित्य छ र रहनुपर्दछ ।

 

हाम्रो मातृपार्टी नेकपा एमाले माक्र्सवाद लेलिनवाद लाई अनुसरण गरेको छ । त्यस अर्थ हामीले आजको माक्र्सवाद लाई विश्लेषण गर्नु पर्दछ हाम्रो अनुकुलता अनुसार यसलाई परिक्षण गरिनुपर्छ माक्र्सको समय र आजको समय उही होइन । माक्र्स जीवित छँदाको पुँजीवाद र आजको पुँजीवाद पनि उही होइन । धेरै थोक फेरिएका छन् । तर ,पुँजीवादको आधारभूत चरित्र उस्तै छ । त्यसैले अब हामी माक्र्सवादीहरु हाम्रो संगठन अनेरास्ववियुले हाम्रो विद्यार्थी आन्दोलनले ध्यान दिनुपर्ने कुरा भनेको माक्र्सवादको श्रेष्ठताका निम्ति गरिनुपर्ने कार्यमा हो । जस्ले हाम्रो संविधानले परिकल्पना गरेको समाजवादलाई पूरा गर्ने छ । सैद्धान्तिक हिसाबले भएको कुराहरूलाई बैज्ञानिक ढंगले हाम्रो परिस्थितिमा उतार्नु आजको आवश्यकता हो । अब अनेरास्ववियु त्यता तर्फ अगाडि बढ्नुपर्छ । यो संगठन निर्माणका लागि अतुलनीय योगदान पुरनउनु भएका सहिद तथा अग्रज कमरेडहरु प्रति उच्च आधार सम्मान प्रकट गर्दै हाम्रो ५६ औ स्थापना दिवशको अवसरमा सम्पुर्ण देशभक्त, जनबादी र प्रगतिशिल बिद्यार्थीहरुमा हार्दिक शुभकामना व्यत्त गर्दछु । अनेरास्ववियु जिन्दावाद।                             लेखकःविवेक त्रिपाठी

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...