मादी गाउँपालिकाले बनायो अक्सिजन सहितको १५ शैयाको आइसोलेसन

पोखरा, जेठ १ गते । कास्कीको मादी गाउँपालिकाले आइसोलेसन वार्ड तयार गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर गाउँपालिकाले १५ शैयाँको आइसोलेसन वार्ड तयार गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरु (श्याम)ले जानकारी दिनुभयो ।

मादी गाउंपालिकाको थुम्सिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन ,डाक्टर प्राविधिक सहितको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिदै उहाँले गाउँपालिकाबासी सबैलाई केही समस्या र अप्ठ्यारो भए खवर गर्न समेत आग्रह गर्नुभएको छ । अध्यक्ष गुरुले गाउँपालिकामा अलिहेसम्म सक्रिय संक्रमितको नभएको र सङ्क्रमण देखिएकाहरु होम आइसोलेसनमानै रहेको उल्लेख गदै उहाँले यदि कसैलाई अप्ठ्यारो असहज र बिरामी भएमा दुईवटा एम्बुलेन्स तयारीमा रहेकोले तुरुन्तै अवश्यक सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।

 गाउँपालिकामा स्वस्थ्यकर्मी र जनप्रतिनिधिहरु निरन्तर नागरिकको सेवामा समर्पित रहेको समेत जनाउनु भएको छ । उहाँले भन्ुनभयो म नम्र निवेदन गर्दछुकी सबैले स्वास्थ्य सुरक्षाको मापदन्ड कडाईकासाथ पालना गरौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...