विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलिको घोषणा

काठमाडौं, जेठ ४ गते । इराक बिरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलिको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मङ्गलबार टोलिको घोषणा गर्नुभएको हो ।टोलिमा भरत खबास, रञ्जित धिमाल, अमित तामाङ, शेषेहाङ आङ्दम्बे, रबिशंकर पासवान, निशान खड्का, बिवेक बस्नेत, नीतिन थापा र दर्शन गुरुङ अटाउन सकेनन । बन्द प्रशिक्षणमा यी नौ जना खेलाडी सहभागी भएका थिए ।


किरणकुमार लिम्बू पहिलो रोजाइका गोलरक्षकसँगै बिशाल सुनार र दीप कार्की गरी थप दुई जना गोलकिपर टोलिमा स्थान पाएका छन् । त्यसैगरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पूजन उपरकोटी, एरिक विष्ट, सुमन लामा अटाएका छन् ।२३ सदस्यीय टोलिमा अञ्जन विष्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, अयूष घलान, सूरज जेउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र बिकास खवास समेत टोलिका समावेश गरिएका छन् ।


नेपालले विश्वकप फुटबल छनोट अन्तगर्त दोस्रो चरणको खेल पूर्ब इराक बिरुद्ध मैत्रीपूर्ण म्याच खेल्नेछ । उक्त खेल मई २९ को दिन इराकको बसरा शहरमा हुनेछ ।लगत्तै नेपाली राष्ट्रिय टोलि विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ । कुवेतमा नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ । जुन ३ मा हुने पहिलो खेलपछि नेपालले जुन सातमा जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलिया बिरुद्ध स्पर्धा गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...