भारतमा हालसम्म दुई लाख ८३ हजार २४८ जनाको कोरोनाले मृत्यु

काठमाडौं, जेठ ५ गते । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणले हुने मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म दुई लाख ८३ हजार २४८ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो ।


भारतीय सञ्चार संस्था एएनआईका अनुसार चौबीस घण्टामा दत्र्ता गरिएको मृतक कोरोना महामारी सुरु भए यताकै सबैभन्दा बढी हो । लगातार तेस्रो दिन नयाँ थपिने कोरोना सङ्क्रमितको संख्या तीन लाखभन्दा कम पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा दुई लाख ६७ हजार ३३४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । चौबीस घण्टामा २० लाख आठ हजार २९६ जनाको परीक्षण गरिएको छ । मंगलबार चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी चार लाख २२ हजार ४३६ जना सङ्क्रमित निको भएका थिए ।


हाल ३२ लाख २६ हजार ७१९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । हालसम्म भारतमा दुई करोड ५४ लाख ९६ हजार ३३० जना सङ्क्रमित भएका छन् । दुई करोड १९ लाख ८६ हजार ३६३ जना हालसम्म कोरोनामुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...