पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दिपक गोदार नियूक्त

पोखरा, जेठ ५ गते । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिको अध्यक्षमा दिपकबहादुर गोदार नियूक्त हुनुभएको छ । गोदार बुधबार अध्यक्षमा नियूक्त भएका हुन् ।

महानगर खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २(क) बमोजिम पोखरा महागनर नगर कार्यपालिको च.नं.८००३ मिति २०७८÷०१÷२३ को प्रक्रिया अगाडी बढाउने सम्वन्धको पत्र र नगर प्रमुखको सचिवालयको च.न.२६(आ) मिति २०७८÷०२÷५ को पत्र निर्देश अनुसार महागनर खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनयन गरिएको महानगर शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।अध्यक्षमा नियूक्त गोदार विगत तीन दशक देखि खेलकुद क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

उहाँ राष्टिय तथा अन्तराष्टिय खेलाडी संघ कास्कीको अध्यक्ष, मोयाथाई किक बक्सिंगका प्रशिक्षक हुनुुहुन्छ । यसअघि उहाँ कास्की जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गर्नभएको छ । उहाँ नेकपा एमाले निकट खेलकुद महासंघ कास्कीको संयोजक समेत हुनुुहुन्छ । उहाँ नेपाल खेकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट अवार्ड २०७५ मा उत्कृष्ट प्रशिक्ष घोषित हुनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...