९१ वर्षीया उपमेयर शान्ति कार्कीले कोरोनालाई पराजित गरीन्

वीरगञ्ज , जेठ ६ गते । वीरगञ्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले १६औँ दिनमा कोरोनालाई पराजित गर्दै संक्रमणमुक्त हुनु भएको छ । वैशाख २० गते स्वाब संकलन गरी परिक्षण गर्दा २१ गते कोरोना सङक्रमण पुष्टि भएपछि होम आइृसोलेसनमा बस्नु भएकी वीरगञ्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की वीरगञ्ज महानगरपालिकाले वैशाख २४ देखि सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो भने बुधबार स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उहाँ सङक्रमण मुक्त हुनु भएको हो ।

बुधबार साँझ कोरोना परिक्षण रिर्पोट नेगेटीभ आएपछि बिहीबार बिहान वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला कोरोनालाई जित्नु भएकी उपमेयर कार्कीलाई लिन वीरगञ्ज महानगरपालिकाले घडिअर्वा पोखरीनजिकै रहेको गोपाल मण्डलीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर पुग्नु भएको थियो ।उपमेयर कार्कीका स्वकीय सचिव विजय पौडेलका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा वैशाख १७ घरमै अक्सिजन दिइएको थियो ।

 

भोलिपल्ट नै सिलिन्डर हटाइयो । स्वास्थ्यमा समस्या नदेखिए पनि कोरोना संक्रमणकै कारण अक्सिजन कमी भएको हो कि भनेर वैशाख २० गते स्वाब संकलन गरी परीक्षण गर्दा २१ गतेको परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।सङक्रमण पुष्टि भएपनि होम आइसोलेसन रहनु भएकी उपमेयर कार्की बैशाख २४ गते महानगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा पहिलो संक्रमितको रुपमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो ।

म पहिले जस्तो थिएँ, अहिले पनि त्यस्तै महसुस गर्दैछु उच्च मनोबल र दृढ इच्छाशक्ति भएमा कोरोनाले केही गर्न सक्दैन उपमेयर कार्कीले भन्नु भयो ।‘मेरो मनमा यत्ति मात्र थियो, कोरोनाले मलाई होइन, मैले नै कोरोनालाई पछारेरै छाड्छु । त्यही साहसले मैले कोरोनालाई हराए ।’ उहाँले भन्नु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...