युवा तथा खेलकुदमन्त्री मनाङगेले लिए सपथ

पोखरा, जेठ ९ गते ।राजीव गुरुङ(दीपक मनाङगे)ले दोश्रो पटक गण्डकी प्रदेश युवा तथा खेलकुमन्त्रीमा पद तथा गोपनियताको सपथ लिनुभएको छ । आइतबार गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले उहाँलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

राजीव गुरुङ दोश्रो पटक जेठ ५ गते युवा तथा खेलकुदमन्त्रीमा नियूक्त हुनुभएको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ गते मन्त्रिपरिषद् विस्तार गदै युवा तथा खेलकुद मन्त्रालयमा नियूक्त हुुनुभएको थियो । सोही दिन पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम भएपनि उहाँ प्रदेश बाहिर रहेका कारण आज प्रदेश प्रमुख पौडेलले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपसभामुख सृजना शर्मा, मन्त्रीहरु किरण गुरुङ, विकास लम्साल, नरदेवी पुन लगायतको उपस्थिति रहेको थियो ।

उहाँ गत बैशाख १६ गते पहिलो पटक मनाङगे युवा तथा खेलकुदमन्त्रीमा नियूक्त हुनुभएको थियो । । मुख्यमन्त्री गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि मनाङगे दश दिन मन्त्री बन्नुभएको थियो । सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको युवा तथा खेलकुद मन्त्रालय फुटाएर मनाङगेलाई मन्त्री बनाइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...