विरगंजमा भीम रावलको पुत्ला दहन

पोखरा, जेठ ११ गते ।बिरगंजमा भीम रावल‍को पुत्ला दहन गरिएको छ । भ्रमपूर्ण प्रचार गरि संप्रदायिकता भड़काउन खोजेको आरोप लगाउदै बिरगंजमा पुत्ला दहन गरिएको हो ।

सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे झुठ एवं भ्रमपूर्ण प्रचार गरेको भन्दै पुत्ला दहन गरिएको हो । बिरगंजका युवाहरुले पुतला दहन गरेका हुन्् ।

विगतदेखि नै मधेशलाई अपमानित गर्दै आएको रावलले पर्सा जिल्ला र नागरिकताको विषयमा गरेको टिप्पणी अराजकता र उदणडताको पराकाष्टा भएको भन्दै युवाहरुले आक्र्रोश ब्यक्त गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...