पर्यटनको बजेट २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ ।सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो ।

चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ । काठमाडौं आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाउने घोषणा बजेटले गरेको छ । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...