गण्डकी सरकारको प्राथमिकतामा खेलकुद, पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्ने

पोखरा, जेठ १७ गते । गण्डकी प्रदेश सरकारले खेलकुदका पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गदै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखे नीति कार्यक्रम र बजेट ल्याउने भएको छ ।


गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७८÷७९ को बजेटका प्राथमिकता र सिद्धान्तहरु सोमबार प्रदेश सभामा प्रस्तुत गदै अन्तराष्ट्रियस्तरका खलकुद पूर्वाधार निर्माणमा जोड दिइने बताउनुभयो । ‘खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइनेछ । अन्तर्राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइनेछ ।’

उहाँले युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने समेत बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रुपमा सञ्चालन गरिने समेत उल्लेख गर्नुभयो ।

संघ सरकारले शनिबार सार्वजनीक गरेको बजेटमा पोखरा रंगशालामा निर्माणाधिन रंगशाला निर्माण यसैवर्ष निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनीक गदै रगंशाला निर्माण यसै वर्ष सम्पन्न गर्ने बताउनुभयो तर बजेट कति विनियोजना गरिएको छ भन्ने बारे बताउनु भएन् । पोखरा रंगशालामा निर्माणाधिन फुटबल मैदान आगामी ६ महिना भित्र सम्पन्न हुने बताइएको छ । अहिले पोखरा रगंशालाको भिआइपी प्याराफिटमा छानो हाल्ने काम भैरहेको छ ।

त्यस्तै पोखरामा आयोजना हुने नवौ राष्टिय खेलकुद प्रतियोगिताका लागि बजेट ब्यवस्था गरिएको मन्त्री पौडेलले बताउनुभयो । गत वर्ष फागुनमा आयोजना हुने भनिएको नवौ राष्टिय खेलकुद विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको थियो । यस वर्ष पनि कोरोना भाइरसको दोश्रो लहरका कारण प्रतियोगिता हुने नहुने अन्यौलता कायमै रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...